Saturday, October 12, 2024

Saturday, October 12, 2024
INFONPLअर्थ /बाणीज्यसुनको मूल्य अहिलेसम्म कै उच्च, कतिमा हुँदै छ कारोबार ?

सुनको मूल्य अहिलेसम्म कै उच्च, कतिमा हुँदै छ कारोबार ?

Published:

ON:

INFONPL

शुक्रवार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज सुन तोलामा ३ हजारले बढेपछि तोलाको १ लाख ५६ हजार ३ सय रुपैयाँ कायम भएर नयाँ रेकर्ड बनेको हो । यो सुनको अहिलेसम्म कै उच्च मूल्य हो ।

यसअघि गत भदौ २६ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यस दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ६५ रुपैयाँले बढ्दै प्रतितोला १८६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार