Sunday, April 28, 2024

Sunday, April 28, 2024
INFONPLदेश‘सुन्तला’ लाई ‘राष्ट्रिय फलफूल’ घोषणा गरिने

‘सुन्तला’ लाई ‘राष्ट्रिय फलफूल’ घोषणा गरिने

Published:

ON:

INFONPL

‘सुन्तला’ लाई ‘राष्ट्रिय फलफूल’ घोषणा गरिने, सरकारले ‘सुन्तला’ लाई ‘राष्ट्रिय फलफूल’ घोषणा गर्ने भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेश निकायस्तर कृषि पदाधिकारी र सरोकारवालासँग छलफल गरी ‘सुन्तला’ लाई ‘राष्ट्रिय फलफूल’ घोषणा गर्ने तयारी गर्ने भएको हो ।

२४ पुस मंगलबार ‘सङ्घ, प्रदेश र स्थानीय तह (समन्वयन तथा अन्तरसम्बन्ध) ऐन २०७७’ को व्यवस्था अनुसारको विषयगत समितिको बैठकमा सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने छलफल भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मुलुकभर अमिलो जातको फलफूल ४८ हजार हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ । सुन्तलालाई पनि अमिलो जात अन्तर्गत नै राखिएको मन्त्रालयले उल्लेख गरेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार