Monday, May 13, 2024

Monday, May 13, 2024
INFONPLअन्यआज मूल्य बढ्यो सुनचाँदीको, कतिमा हुँदैछ कारोबार ?

आज मूल्य बढ्यो सुनचाँदीको, कतिमा हुँदैछ कारोबार ?

Published:

ON:

INFONPL

आज सुनचाँदीको मुल्य कति ? नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको जनाएको छ ।

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ६०० र तेजाबी सुन १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार २०० र तेजाबी सुन तोलाको एक लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

यता, आज आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १६ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको १६ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

आज मूल्य बढ्यो सुनचाँदीको, कतिमा हुँदैछ कारोबार ?
आज मूल्य बढ्यो सुनचाँदीको, कतिमा हुँदैछ कारोबार ?

सम्बन्धित समाचार

ताजा समाचार