Sunday, May 19, 2024

Sunday, May 19, 2024
INFONPLमाैसमआज पनि यीठाउँमा हावाहुरीसहित पानी पर्ने सम्भावना, यस्ताे छ आजकाे माैषम

आज पनि यीठाउँमा हावाहुरीसहित पानी पर्ने सम्भावना, यस्ताे छ आजकाे माैषम

Published:

ON:

INFONPL

आज पनि यीठाउँमा हावाहुरीसहित पानी पर्ने सम्भावना, यस्ताे छ आजकाे माैषम

काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा मौसम बदली भएको छ । आज पनि कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा हावाहुरी, मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हिजो बेलुका काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा हावाहुरीसहित हल्का पानी परेको थियो । गएको २४ घण्टामा काठमाण्डौमा २ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा धेरै ताप्लेजुङ र धनकुटामा ७ दशमलव ८ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।

पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभावले केही ठाउँमा पानी परेको महाशाखाले जनाएको छ । आज र भोलि गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई ठाउँमा ठूलो पानी पर्ने तथा अरु केहि ठाउँमा हल्का वर्षाको सम्भावना छ ।

महाशाखाकाअनुसार अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली, गण्डकी, बाग्मती र कोशी प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी, बाग्मती र कोशी प्रदेशका एक–दुई ठाँउमा हल्कादेखी मध्यम वर्षा भइरहेको छ । दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।

हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

सम्बन्धित समाचार

ताजा समाचार