Sunday, May 12, 2024

Sunday, May 12, 2024
INFONPLप्रविधिअनरको फोल्डेबल फोन 'अनर म्याजिक भि२' सार्वजनिक, कति पर्छ मूल्य?

अनरको फोल्डेबल फोन ‘अनर म्याजिक भि२’ सार्वजनिक, कति पर्छ मूल्य?

Published:

ON:

INFONPL

अनरको फोल्डेबल फोन ‘अनर म्याजिक भि२’ सार्वजनिक, कति पर्छ मूल्य? अनर नेपालले अहिले सम्मकै पातलो र हलुका फोल्डेबल फोन ‘अनर म्याजिक भि२’ सार्वजनिक गरेको छ। अनरको लागि नेपालको एक मात्र अधिकारिक बिक्रेता सेलट्रोन नेपालले यो फोल्डेबल फोन नेपालमा ल्याउन पहल गरेको हो।

मात्र २३१ ग्राम तौल भएको र फोल्ड गर्दा ९.९ एमएम मोटाइ भएको यो फोन अहिलेसम्मकै सबैभन्दा पातलो र हलुका फोल्ड गर्न मिल्ने फोन बनेको कम्पनीको दाबी छ। अनर म्याजिक भि२ ले पातलो डुअल सिलिकन–कार्बन ब्याट्रीहरू मात्र २.७२ एमएम को औषत मोटाइमा आउँछ।  ५००० एमएएच को ब्याट्री क्षमता र ६६ बार्ट अनर सुपर चार्जलाई यसले समर्थन गर्छ जसले प्रयोगकर्ताहरूलाई निरन्तर चार्ज गर्नुपर्ने झन्झटबाट मुक्ति दिन्छ।

यसले फोटोग्राफी र भिडिओग्राफीमा नयाँ मापदण्ड सेट गरेको छ। यसमा ५० एमपी मुख्य क्यामेरा (एफ÷१.९), ५० एमपी  अल्ट्रा–वाइड क्यामेरा (एफ÷२.०), र २० एमपी टेलिफोटो क्यामेरा (एफ÷२.४) ट्रिपल रियर क्यामेरा सेटअप समावेश छ।

प्रयोगकर्ताहरूलाई यसको उच्च प्रकाश सेन्सिङ क्षमताहरूसँग सभ्य फोटोहरू उत्पादन गर्न अनुमति दिन्छ। यो (१६+५१२) जिवीको भेरियन्टमा आउने कम्पनीको भनाइ छ। यो फोन पर्पल र भेगन लेदर भएको ब्ल्याक गरी दुई रंगहरूमा पाइन्छ।

जसको मूल्य २ लाख ३९ हजार ९९९ रूपैयाँ तोकिएको छ भने आकर्षक अफरहरू र उपहारहरू सहित आज (आइतबार) बाट देशभरी उपलब्ध गरिएको कम्पनीले बताएको छ। लन्चिङ अफरहरू अर्ली बर्ड अफर, म्याजिक अफर र गो बियन्ड अफर गरी तीन प्रकारका छन्।

ग्राहकहरूले यी तिन अफरमध्ये आफ्नो लागि उपयुक्त एउटा अफर छान्न सक्नेछन्। अर्ली बर्ड अफरमा अनर एक्स ८बी र अनर च्वाइस इयरबड्स एक्स ५ को निःशुल्क उपहार समावेश छ। म्याजिक अफरमा अनर वाच४, अनर च्वाइस इयरबड्स एक्स ५ र योयो सो भाउचर समावेश छ।

गो बियन्ड अफरमा भेस्पाको छुट भौचर समावेश छ।  ग्राहकहरूले यसलाई अफलाइन अधिकृत अनर स्टोरहरू, दराज र हुकुट जस्ता अनलाइन प्लेटफर्महरू मार्फत पनि किन्न सक्नेछन् भने यो अफर ५ मे २०२४ सम्म जारी रहने कम्पनीको भनाइ छ।

सम्बन्धित समाचार

ताजा समाचार