Monday, May 13, 2024

Monday, May 13, 2024
INFONPLप्रविधिएउटा स्मार्टफोनले समाप्त पारेका पाँच ग्याजेट

एउटा स्मार्टफोनले समाप्त पारेका पाँच ग्याजेट

Published:

ON:

INFONPL

एउटा स्मार्टफोनले समाप्त पारेका पाँच ग्याजेट, स्मार्टफोन अहिले आम मानिसहरुको जीवनको अहम् हिस्सा बनिसकेको छ । हरेक मानिसको हातमा स्मार्टफोन छ र वास्तवमा स्मार्टफोनको घनत्व मानिसको संख्या भन्दा धेरै भैसकेको छ ।

अहिले खाना बनाउनेदेखि लिएर खाना अर्डर गर्ने सम्मका कामका लागि स्मार्टफोनको उपयोग हुने गरेको छ । स्मार्टफोनको सहयोगमा मानिसहरुले घरमै बसेर विभिन्न काम फत्ते गर्नसक्ने भएका छन् । रकम भुक्तानी देखि मनोरञ्जनका लागि गेमिङसम्म स्मार्टफोनमै उपलब्ध छ ।

हामीले यहीँ एउटा स्मार्टफोनको चक्करमा कतिधेरै अरु ग्याजेटहरु भुलिसकेका छौँ, यसको हेक्का तपाइँलाई तबमात्र हुनेछ जब तपाइँले गहिरो गरी यसबारेमा सोँच्नुहुन्छ। स्मार्टफोनले समाप्त गरिदिएका मुख्य ५ वटा ग्याजेट चाहीँ यस्ता छन्ः

१. डिजिटल क्यामरा : फोटोग्राफी तथा भिडियो रेकर्डिंगका लागि परम्परागत क्यामराको प्रयोग अहिले निकै घटेको छ । यसको ठाउँ स्मार्टफोनले लिएको छ । स्मार्टफोनले बजारमा आउने बित्तिकै सबैभन्दा पहिले क्यामरामाथि नै आक्रमण गरेको हो र सबैभन्दा धेरै प्रयोग पनि स्मार्टफोनको क्यामरामै भएको छ । कतिपय स्मार्टफोनका क्यामरा त यस्ता पनि छन् कि जसले डिएसएलआर क्यामराको आवश्यकतालाई नै समाप्त पारिदिएका छन् ।

२. क्याल्कुलेटरः पहिले पहिले हरेक घरमा क्याल्कुलेटर देखिन्थ्यो, तर अहिले सायदै देखिन्छ। कतै क्लाल्कुलेटर देखिइहालेमा पनि त्यो धुलोले ढाकिएको हुन्छ। किनकि अब परम्परागत क्याल्कुलेटरलाई स्मार्टृफोनले प्रतिस्थापन गरिसकेको छ । स्मार्टफोनको क्याल्कुलेटर एपले भौतिक क्याल्कुलेटर मेसिनको आवश्यकता समाप्त पारिदिएको छ।

३. एमपीथ्री प्लेयर : युट्युब, स्पटीफाइ, विंक, जियोसावनको जमानामा एमपीथ्री प्लेयरको अस्तित्वको समाप्त भैसकेको छ । अहिले एमपीथ्रीको ठाउँमा पनि मोबाइल फोनको प्रयोग भैरहेको छ । मोबाइल फोनमा म्युजिक सुन्नुको ठूलो फाइदा यो छ कि प्रयोगकर्ताले उच्च रिजोलुसनको अडियो सुन्न पाउँछन्।

४. जीपीएस नेभिगेसनः मोबाइल फोनभन्दा पहिले गाडीहरुमा जिपिएस नेभिगेसनको प्रयोग हुन्थ्यो । तर यसलाई पनि स्मार्टफोनले समाप्त गरिदिएको छ । अहिले तपाइँले धेरै गाडीहरुमा मोबाइल स्ट्याण्ड देख्नुहुन्छ । जसमा स्मार्टफोन राखेर जिपिएसको प्रयोग हुने गरेको छ।

५. डिभिडी प्लेयरः अहिले भिडियो स्ट्रिमिंगको जमानामा भिडियो प्लेयर देखिँदैन । तर एउटा समय यस्तो थियो कि डिभिडी प्लेयर संगीतप्रेमीको अभिन्न हिस्सा थियो ।

डिभिडी प्लेयर पनि आफ्नो जमानाको अन डिमान्ड भिडियो स्ट्रिमिंग प्लाटफर्म थियो, जुन अहिले लोप भैसकेको छ । एजेन्सीको सहयोगमा

सम्बन्धित समाचार

ताजा समाचार