Saturday, May 18, 2024

Saturday, May 18, 2024
INFONPLस्वास्थ्य र जीवनशैलीहार्ट अट्याकका लक्षणहरु र हार्ट अट्याक भई हालेमा के गर्ने त ? जानीराख्नुहोस् यस्तो छ बच्ने उपाए

हार्ट अट्याकका लक्षणहरु र हार्ट अट्याक भई हालेमा के गर्ने त ? जानीराख्नुहोस् यस्तो छ बच्ने उपाए

Published:

ON:

INFONPL

पछिल्लो समयमा हार्ट अट्याकका कारण मृ#त्यु हुनेको संख्या बढ्दै गएको । मानिसको जीवनशैली र खानपानका कारण पनि मानिसमा मुटु सम्बन्धी रोगको खतरा बढ्दै गएको चिकित्सकहरु बताउछन् । अस्वस्थ खानपान, तनाव, व्यायामको कमी आदिले मानिसमा हार्ट अट्याकको समस्या बढ्दै गएको छ ।

मुटुको मांशपेसीलाई रगत प्रवाह गर्ने तीनवटा नली हुन्छ । तीमध्ये कुनै नली बन्द भएको अवस्थामा मानिसमा हार्ट अट्याक हुन्छ । कुनै एक नली बन्द भएको अवस्थामा शरीरको विभिन्न अंगहरुमा रगत पुग्दैन र मानिस वेहोस् हुन्छन् ।

हार्ट अट्याकको कारण यस्तो छ

–वंशागुगत गुण

–धूम्रपान सेवन

–मोटोपना

–अत्याधिक तनाव

–आलस्यता

हार्ट अट्याकको लक्षण

–रिंगाटा लाग्ने

– ढाड,कुम वा बङगारा धेरै दुख्ने

–छाती धेरै दुख्ने

–छाती भारी हुने

–श्वास फेर्न गाह्रो हुने

हार्ट अट्याक भइहाले के गर्ने ?

–हृदयघातको लक्षण देखिएमा व्यक्तिलाई तुरुन्त नजिकको अस्पताल लैजानुपर्छ

– शान्त रहन आग्रह गर्ने

–कपडा कसिएको छ भने खुकुलो पार्ने

हार्ट अट्याकबाट कसरी बच्ने ?

–उच्च रक्तचापको समस्या भएमा नियमित औषधि सेवन गर्ने

– सुगर नियन्त्रण गर्ने

–धुम्रपान नगर्ने

– फलफुल तथा सागसब्जी खाने

–हरेक वर्ष मुटु परीक्षण गर्ने

–परिवारमा कसैलाई हा#र्ट अट्याकको समस्या छ भने समयमै आफू पनि सचेत रहने

हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

सम्बन्धित समाचार

ताजा समाचार