Sunday, May 19, 2024

Sunday, May 19, 2024
INFONPLस्वास्थ्य र जीवनशैलीनिगुरो खाँदा फाइदै-फाइदा छन्, तर होसियार ! यो खबर एकपल्ट सबैले हेरौं

निगुरो खाँदा फाइदै-फाइदा छन्, तर होसियार ! यो खबर एकपल्ट सबैले हेरौं

Published:

ON:

INFONPL

वनजंगलमा सजिलै पाइने, निगुरो । बनाउन सजिलो हुने, निगुरो । खादा स्वादिलो हुने निगुरो । स्वास्थ्यका लागि पोषिलो निगुरो । पूर्ण अर्ग्यानिक सब्जी, निगुरो । कति गुणी निगुरो ? हुन त अहिले सहरी क्षेत्रको करेसाबारीमा निगुरो रोप्ने चलन छ । यद्यपि यो वनजंगलमा सजिलै पाइन्छ । खासगरी बर्खायाम सुरु भएसँगै निगुरो खोज्ने, टिप्ने गरिन्छ ।

गाउँघरमा त निगुरोले नै सागसब्जीको अभाव टा`र्न सकिन्छ । निगुरोलाई भु`टेर खाए हुन्छ, आलुमा मिसाए पनि हुन्छ । आलु र निगुरोको ग्रेभी पनि स्वादिलो हुन्छ । यस्तै, निगुरोमा दही मिसाएर सेवन गर्दा पनि कम स्वादको हुँदैन ।

पौष्टिकताले भरिपूर्ण :- निगुरो खानुको फाइदैफाइदा छन् । आफैँ वनजंगलमा गएर खोज्ने हो भने भान्साको खर्च क`टौती हुने भयो । वनजंगलमा उम्रिएका हुनाले यो जैविक र मौसमी तरकारी पनि हो । पोषणविद्हरुले निगुरो पौष्टिकताले भरिपूर्ण रहेको बताउने गर्छन् । निगुरोको सेवन स्वास्थ्यका लागि फाइदाजनक रहेको उनीहरुको भनाइ छ । पोषणविद्हरू भन्छन्, ‘यसमा प्रोटिन, क्याल्सियम, भिटामिन ए लगायतका पोषकतत्व पाइन्छ ।’

बालबालिका र ग`र्भवती महिलालाई त निगुरो अरू बढी लाभदायक छ । किनभने निगुरोको तरकारी सेवन गरिहरहँदा भिटामिन प्राकृतिक रुपमै प्राप्त हुन्छ। अतिरिक्त भिटामिनको चक्की चपाइरहनु पर्दैन । पोषणविद्हरूले यसमा कोलेस्टोर एवं बोसोजन्य पदार्थ नपाइने भएकाले कुनैपनि किसिमको हानि नहुने बताएका छन् ।

पूर्णत: जैविक :- निगुरो यतिबेलाको मौसमी सागसब्जी हुन् । वनजंगलमा आफैँ उम्रने भएकाले यसमा कुनै रासायनिक म`ल वा वि`षादी प्रयोग हुँदैन । अर्थात् यो पूर्णत: जैविक हुन्छ । अहिले हामीले खाने धेरैजसो सागसब्जी वि“षादी मिसाइएको हुन्छ । व्यवसायिक ढंगले उत्पादन गरिएका सागसब्जीमा रा`सयनिक मल, कि“टनासक औषधि प्रयोग गरिन्छ । यस्ता सागसब्जी फलाउन, बढाउन, भण्डारण गर्न पनि रसा`यन वा वि“षादी मिसाउने गरिन्छ ।

के हो निगुरो ? :- यो उन्यू प्रजातिको घाँस हो । पहाड र तराई सबैतिरको जंगलमा निगुरो पाइन्छ । तर, यसको जातमा केही भिन्नता हुन्छ । साथै, स्वाद पनि फरक हुन्छ । तुलनात्मक रुपमा पहाडको जंगलमा पाइने निगुरो बढी स्वादिलो हुन्छ ।

पहाडदेखि तराईसम्म:-;निगुरोलाई कतिपय ठाउँमा न्युरो वा निहुरो पनि भनिन्छ । पहाडमा कालो निगुरो बढी रुचाइन्छ । यसैगरी तराईमा हरियो ।”त्यसो त निगुरोलाई करेसाबारीमा रोपेर पनि खान सकिन्छ । जंगलमा निगुरोको जरा जतिपनि पाइन्छन् । जरालाई करेसाबारीमा रोप्न सकिन्छ । तर, निगुरोको लागि माटो ओसिलो हुनुपर्छ । चिस्यान भएको माटोमा निगुरो उत्पादन गर्न सकिन्छ ।

तर, स`र्तक हुनुपर्छ :- निगुरो जस्तै देखिने सबै वनस्पति खान लायक भने हुँदैन । कतिपय निगुरो जस्तै देखिने वनस्पति वि“षाक्त हुन्छ । निगुरोको तरकारी टिपेर खाँदा कतिपय बिरामी परेको खबर पनि बारम्बार आउनेगर्छ । त्यसैले आफूले चिनेको अवस्थामा मात्र निगुरो खोज्ने, टिप्ने वा किन्ने गर्नुपर्छ ।

सम्बन्धित समाचार

ताजा समाचार