Monday, April 29, 2024

Monday, April 29, 2024
INFONPLअर्थ /बाणीज्यफेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Published:

ON:

INFONPL

फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? आज सुनको मूल्यमा प्रतितोला ८०० रुपैयाँको वृद्धि आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधबारको तुलनामा आज तोलामा ८०० रुपैयाँले बढेर कारोबारमा आएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २५ हजार ८०० रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २५ हजार २०० रुपैयाँ कायम छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख २५ हजार र १ लाख २४ हजार ४०० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १५ सय १५ रुपैयाँ कायम भएको छ । हिजो चाँदीको कारोबार मूल्य तोलामा १४ सय ६५ रुपैयाँ कायम थियो । यो प्रतितोला ५० रुपैयाँको वृद्धि हो ।

अघिल्लो दिन तोलामा १ हजार रुपैयाँ घटेको सुन बिहीबार फेरि बढेको छ । हिजो प्रतितोला १ लाख २५ हजारमा झरेको सुन आज भने ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । १ लाख २५ हजार ८ सय रुपैयाँमा बिहीबार सुनको कारोबार भइरहेको छ ।फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सम्बन्धित समाचार

ताजा समाचार