Saturday, May 18, 2024

Saturday, May 18, 2024
INFONPLभिडियाेमनोहर भण्डारीको दशैँ गीत ‘आउँछु घर दशैँमा’ बजारमा

मनोहर भण्डारीको दशैँ गीत ‘आउँछु घर दशैँमा’ बजारमा [भिडियोसहित]

Published:

ON:

INFONPL

मनोहर भण्डारीको दशैँ गीत ‘आउँछु घर दशैँमा’ बजारमा ! यसबर्षको वडा दशैँ नजिकिँदै गर्दा दशैं बिशेष गीतहरु सार्वजनिक भइरहेका छन् ।

यसैबीच दशैँ पर्व लक्षित गीत ‘आउँछु घर दशैँमा’ सार्वजनिक भएको छ । गायक मनोहर भण्डारी र गायिका मन्जु धितालको स्वर रहेको यस गीतमा शब्द तथा संगीत पनि गायक भण्डारीकै रहेको छ ।

जय देवकोटाले एरेञ्ज गरेको म्युजिक भिडियो गायक भण्डारीकै युट्युव च्यानलमा सार्वजनिक छ । गीतको भिडियोमा दशैंका लागि विदेशमा रहेका युवक घर फर्किँदै गरेको दृश्य देख्न सकिन्छ । भिडियोमा पछिल्लो समय कलाकारितामै ब्यस्त कलाकार भुवन के पोखरेल र अनिशा पराजुलीको अभिनय रहेको छ । भिडियो गायक भण्डारीले नै निर्देशन गरेका हुन् ।

दशैँ लक्षित आफ्नो गीतले दर्शक तथा स्रोताको माया पाउनेमा गायक भण्डारी विश्वस्त छन् । उनले झण्डै दर्जन गीत दर्शक स्रोतामाझ पस्किसकेका छन् । यस्तो छ गीतको म्युजिक भिडियो :

सम्बन्धित समाचार

ताजा समाचार