Saturday, May 18, 2024

Saturday, May 18, 2024
INFONPLअन्तराष्ट्रियमाइकल ज्याक्सनको कुल सम्पत्ति २.४ बिलियन डलर, मृत्युपछि पनि आम्दानी निरन्तर

माइकल ज्याक्सनको कुल सम्पत्ति २.४ बिलियन डलर, मृत्युपछि पनि आम्दानी निरन्तर

Published:

ON:

INFONPL

माइकल ज्याक्सनको कुल सम्पत्ति २.४ बिलियन डलर, मृत्युपछि पनि आम्दानी निरन्तर, माइकल ज्याक्सन सर्वकालीन सफल र प्रभावशाली संगीतकर्मी थिए । कमाइले पनि उनको ख्याति र लोकप्रियता झल्काउँछ । जीवनकालमा पनि उनले प्रशस्तै सम्पत्ति आर्जन गरे ।

सन् २००९ मा देहान्तको समयमा उनको सम्पत्ति ६०० मिलियन डलर रहेको अनुमान गरिएको थियो । तर मृत्युपछिका वर्षहरुमा पनि उनको कमाइ रोकिएको छैन । सन् १९८२ मा उनको एल्बम ‘थ्रिलर’ सर्वकालीन धेरै बिक्री हुने एल्बम बन्यो र यसको कमाइ पनि बढिरहेको छ । उनले सन् १९८३ मा अनुमानित १२५ मिलियन डलर कमाए । विवरणअनुसार दशकको अन्त्यसम्म उनको कुल सम्पत्ति २०० मिलियन डलर पुग्यो ।

सन् १९९० को दशकमा ज्याक्सनको आम्दानीमा वित्तीय अनियमितता र व्यक्तिगत घोटालासहित धेरै कारणले गिरावट आउन थाल्यो । यद्यपि उनले अझै पनि प्रतिवर्ष अनुमानित १०० मिलियन डलरको आम्दानी गरिरहेका छन् । ज्याक्सनको मृत्युपछि पनि उनको सम्पत्तिले महत्वपूर्ण कमाइलाई जारी राखिरहेको छ ।

सन् २०१६ मा उनको सम्पत्तिले ८२५ मिलियन डलरको कीर्तिमान रच्यो । फोर्ब्स म्यागजिनले सो वर्ष ज्याक्सलाई वर्षको सबैभन्दा धेरै कमाउने सेलिब्रिटी घोषित गर्‍यो । उनको सम्पत्तिले प्रत्येक वर्ष सयौं मिलियन डलरको कमाइलाई जारी राखेको छ र उनको कुल सम्पत्ति अहिले २.४ बिलियन डलर रहेको अनुमान छ ।

सन् २००९ मा मृत्यु भएयता पपस्टार ज्याक्सनले फोर्ब्सको सूचीमा कब्जा जमाइरहेका छन् । सन् २०१२ लाई छाड्ने हो भने उनी २०१० देखि २०२० सम्म सूचीको शीर्षस्थानमा छन् । सन् २०१२ मा एलिजाबेथ टेलरले २१० मिलियन डलर कमाउँदै ज्याक्सनलाई दोस्रो स्थानमा धकेलेकी थिइन् । विवादका बाबजुद पनि उनको कमाइ वृद्धि हुनुमा उनको संगीत, कला, प्रतिभा र लोकप्रियता अनन्त छ भन्ने प्रमाण पनि हो ।

सम्बन्धित समाचार

ताजा समाचार