साउन ०२ गते | आज आइतबार सुनचाँदी किन्ने साेचमा हुनुहुन्छ भने, यस्ताे छ आजकाे भाउ
काराेबारकाे पहिलाे दिन आज (साउन ०२ गते) आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैकाे भाउ बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज आइतबार ३ सय रुपैयाँले बढ्दै ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज आइतबार तेजावी सुन प्रति तोलामा ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यस्तै, चाँदीको मूल्य आज आइतबार १५ रुपैयाँले बढेकाे छ । आज चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।