Wednesday, August 17, 2022

Wednesday, August 17, 2022
INFONPLस्वास्थ्य र जीवनशैलीदैनिक ३-४ वटा ओखर खाने गर्नुहोस, पाउनु हुनेछ यस्ता नसोचेको फाइदा जसले बनाउँछ हजुरको भविष्य उज्यालो

दैनिक ३-४ वटा ओखर खाने गर्नुहोस, पाउनु हुनेछ यस्ता नसोचेको फाइदा जसले बनाउँछ हजुरको भविष्य उज्यालो

Published:

ON:

INFONPL

दैनिक ३-४ वटा ओखर खाने गर्नुहोस, पाउनु हुनेछ यस्ता नसोचेको फाइदा जसले बनाउँछ हजुरको भविष्य उज्यालो

ओखरलाई हामी अन्य फलफूल झै खाने गर्दैनौ । यो स्वास्थ्यबर्धक फल हो । तर यसको गुणबारे जानकारी नहुदाँ यसको उपभोग कमै मात्र मानिस गर्दछन् । ओखरले हाम्रो दिमागको वृत्तिविकासमा महत्वपूर्ण योगदान गर्छ भन्ने मानिसमा भ्रम छ ।

ओखरले बौद्धिकता विकासका अलावा सम्पूर्ण शारीरिक एवं मानसिक स्वास्थ्यका लागि पनि अति उपयोगी मानिएको छ । यदि हामीले दैनिक रुपमा केवल ४ वटा ओखर मात्रै खाने गर्‍यौं भने यसले हाम्रो शरीरमा हुने कैयौं किसिमका रोगलाई भगाउन मद्दत गर्दछ ।

ओखरमा फाइबर, प्रोटिन, भिटामिन, म्याग्नेसियम, फस्फोरस र ओमेगा ३ जस्ता कैयौं पौष्टिक पाउने गरिन्छ । साथै यसको सेवनले क्यान्सर, मोटोपन र मधुमेह जस्ता रोगबाट समेत बचाउने गर्दछ ।नियमित ३/४ वटा ओखर खाने मानिसमा यी रोगको सम्भावना कम हुनुका साथै वजन नियन्त्रणमा पनि सघाउ पुर्याउँछ ।

ओखरको सेवनले प्रतिरोधात्मक क्षमता, प्रजनन क्षमता र स्मरण शक्ति बढाउने गर्दछ । ओखरलाई पावर फुडको उपनाम समेत चिनिन्छ । यसमा हुने पोषणले मानिसमा स्टामिना बढाउन सहयोग गर्दछ । ओखरको सेवनले अनिन्द्राको समस्याबाट समेत बचाउँछ ।

साथै यो डाइटिङ गर्नेहरुका लागि आवश्यक पर्ने सबै किसिमका पौष्टिक तत्वहरु यसमा पाइने भएकोले यसलाई डाइटिङमा फाइदाजनक मानिन्छ । ओखरको सेवनले हृदयको रोगबाट समेत बचाउने गर्दछ । यसले त` नाव कम गरेर रक्तचाप सन्तुलनमा राख्न सहयोग गर्दछ । यस अलावा ओखरमा ओमेगा ३ पाइने भएकाले शरीरमा कोलेस्ट्रोलको स्तरलाई कम गराउन सहयोग गर्दछ ।

याे पनि, आजभोलि हामी धेरै ग्यास्ट्रिकको समस्या लिएर अस्पताल जाने गर्छन्। ग्यास्ट्रिक नभएका मानिस भेट्न मुस्किल पर्छ। यो समस्या विभिन्न कारणले देखा पर्छ । ग्यास्ट्रिक नेपालीको राष्ट्रिय रोग हो भन्दा पनि केही फरक पर्दैन । मानिस खान नपाएरभन्दा पनि खान नजानेर रोगी छ हिजोआज ।यदि ग्यास्ट्रिक छ भने यी कुरामा ध्यान दिनुस्, तपाईंको समस्या च्वाट्टै निको हुन सक्छ:-

१) प्रशस्त पानी पिउने:- लगातार पानी पिउँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन । जिउमा समेत पानीको सन्तुलन कायम राख्छ । तर, पानीको सट्टा कोक, फेन्टाजस्ता कोल्डड्रिङसकको प्रयोग गर्नु हुँदैन । यसले पेटमा ग्यास बढाउँछ ।

२) लसुनपानी:- बिहान उठ्नासाथ दुई-तीन पोटी लसुन पानीसँग निल्ने हो भने ग्यास्ट्रिक भएकाहरूलाई फाइदा गर्छ । उच्च रक्तचाप भएकालाई समेत यसले फाइदा गर्छ ।

३) खाना समयमा खाने:-  ग्यास्ट्रिक भएकाहरूले सकेसम्म प्रत्येक दुई घन्टाको फरकमा खाना खाने गर्नुपर्छ । लामो समय केही नखाँदा पेटमा हावा भरिएर यसले समस्या उत्पन्न गर्छ ।

४) कागतीपानी:- पेटमा धेरै ग्यास भएको अवस्थामा कागतीपानी पिउने गर्नुपर्छ । यसले ग्यास हटाउने काम गर्छ र पेट फुल्न दिँदैन । खाली पेटमा कागतीपानी खानाले पेटमा ग्यास कम हुन्छ।

५) कार्बोहाइड्रेड कम खाने:- पेटमा ग्यास जमेर पचाउन गाह्रो पर्ने भएकाले बियर, वाइन, मकै, राज्मा, बन्दा, प्याजजस्ता खानेकुराबाट टाढै बस्नु उपयुक्त हुन्छ ।

सम्बन्धित समाचार

ताजा समाचार