Wednesday, August 17, 2022

Wednesday, August 17, 2022
INFONPLसमाचारनेपालमा आज यति ठुलो संख्यामा थपिए नयाँ को-रोना संक्रमित, कुन-कुन जिल्लामा कति ! (हेर्नुहाेस् विवरण सहित)

नेपालमा आज यति ठुलो संख्यामा थपिए नयाँ को-रोना संक्रमित, कुन-कुन जिल्लामा कति ! (हेर्नुहाेस् विवरण सहित)

Published:

ON:

INFONPL

साउन १८ गते । नेपालमा आज यति ठुलो संख्यामा थपिए नयाँ को-रोना संक्रमित, कुन-कुन जिल्लामा कति !

पछिल्लो चौबिस घण्टामा देशभर थप ९१५ जनामा को- रोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा थप ३०१ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा ६ हजार २ नमुना परीक्षण गर्दा ९१५ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ३३७, ललितपुरमा ५३ र भक्तपुरमा ३२ जना गरी उपत्यकामा मात्रै ४२२ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४३३ रहेको छ । जसमध्ये होम आइसोलेसनमा ५ हजार २७३ जना र संस्थागत आइसोलेसनमा १५१ जना रहेका छन् । संस्थागत आइसोलेसनमा भएका संक्रमित मध्ये आइसीयूमा ४३ जना र भेन्टीलेरमा २ जना उपचाररत रहेका छन् । आज मृतकको संख्या शून्य रहेको छ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश । हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

सम्बन्धित समाचार

ताजा समाचार