साउन १८ गते | आज बुधबार घट्याे सुनचाँदीकाे भाउ, यस्ताे छ आजकाे भाउ
साताकाे चाैथाे दिन आज (साउन १८ गते) बुधबार नेपाली बजारमा सुन र चाँदी दुवैकाे भाउ घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ३ सय रुपैयाँले घटेर ९५ हजार ३ रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै आज बुधबार तेजावी सुन प्रतितोलामा ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यस्तै, चाँदीको मूल्य आज बुधबार भने घटेकाे छ । आज चाँदीको मूल्य १० रुपैयाँले घट्दै १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।