रंगशाला बनाउने जिम्मा सरकारलाई सुम्पिएर यसरी कमब्याक गर्ने तयारीमा धुर्मुस
चर्चित अभिनेता सीताराम कट्टेल कमब्याक’ तयारी मा रहेका छन् । उनी टेलिसिरियलमा फर्किने तयारीमा रहेको बताएको छ । यसका लागि उनले धुर्मुसभन्दा भिन्न पात्रमा काम गरिरहेका छन् ।यसै महिना क्रिकेट रंगशालाको विषय टुंगिने र कलाकारितामा अघि बढ्ने आफ्नो तयारी रहेको धुर्मुसले बताए ।केही क्यारेक्टर बनाउँदै आएको छु ।
हामीले तयार गरिरहेका छौं र सार्वजनिक गर्छौं उनले भने । कमर्सियल हिसाबमा फिल्म नै गर्ने कि टेलिफिल्ममा फर्कनेबारे मनस्थिति बनाउँदै गरेको उनले बताए भक्तपुरमा अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रंगशाला बनाउन उनले हात हाले पछि हराए जस्तै भएका अब उनी कम ब्याकको तयारीमा आएपछि उनका फ्यानहरु खुशी भएका छन् ।
सीतारामले निर्माण गरेको फिल्म सेन्टीभाइरस सन् २०२० मा रिलिज भएको थियो । अब भने सीताराम रंगशाला बनाउने जिम्मा सरकारलाई सुम्पिएर फिल्म र टेलिश्रृंखला बनाउने काममा फर्किने तयारीमा आएका हन् ।
याे पनि, गर्मि लागेसँगै टाइफाइडकाे जाेखिम धरै, यस्ता छन् यसका लक्षण र घरेलु उपचार विधिहरु, हेर्नुस् तलकाे भिडियाेमा:-