Friday, March 29, 2024

Friday, March 29, 2024
INFONPLसमाचारकाठमाडौँ उपत्यकामा बज्याे खतराकाे घण्टी, सावधानी अपनाउन आग्रह

काठमाडौँ उपत्यकामा बज्याे खतराकाे घण्टी, सावधानी अपनाउन आग्रह

Published:

ON:

INFONPL

काठमाडौँ उपत्यकामा बज्याे खतराकाे घण्टी, सावधानी अपनाउन आग्रह !

काठमाडौँ उपत्यकामा १२ जना है`जाका बिरामी भेटिएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले हालसम्म १२ जनामा है`जा पुष्टि भएको जानकारी दिनुभयो ।

तीमध्ये आठ जना उपचारपछि घर फर्किसकेका छन् भने चार जनाको उपचार भइरहेको छ । यस वर्ष उपत्यकामा पहिलो पटक यही असार ५ गते दुई जनामा है`जा पुष्टि भएको थियो । यही असार २ गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका १८ र २३ वर्षीय बिरामीमा है`जा पुष्टि भएको थियो । उनीहरु कामपा–२८ बागबजारमा बस्दै आएका थिए । याे भिडियाे जानकारी लिनुहाेस्:-

याे पनि पढ्नुहाेस्; साताको दाेस्राे दिन आज (असार १३ गते) साेमबार नैपाली बजारमा सुन र चाँदी दुवैकाे भाउ बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य साेमबार ४ सयले बढेर ९७ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज साेमबार तेजावी सुन प्रतितोलामा ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यस्तै, चाँदीको मूल्य आज साेमबार १० रुपैयाँले बढेकाे छ । आज चाँदीको मूल्य १० रुपैयाँले बढ्दै १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार