Monday, June 27, 2022

Monday, June 27, 2022
INFONPLसमाचारबहुमतद्वारा पारित भयो बालेन शाहले ल्याएको नीति तथा कार्यक्रम (हेर्नुस्)

बहुमतद्वारा पारित भयो बालेन शाहले ल्याएको नीति तथा कार्यक्रम (हेर्नुस्)

Published:

ON:

INFONPL

बहुमतद्वारा पारित भयो बालेन शाहले ल्याएको नीति तथा कार्यक्रम (हेर्नुस्)

काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ। आर्थिक वर्ष २०७९/०८० का लागि महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले पेस गरेको नीति तथा कार्यक्रम बुधबार बसेको नगरसभाको ११औँ अधिवेशनले पारित गरेको हो ।

सभामा मेयर शाहले नीति तथा बालेनले नीति तथा कार्यक्रममा उठेका गुनासाहरूको जवाफ दिएपछि पारितका लागि पेस गरेका थिए । उनले सदस्यहरूले दिएका सुझावहरूलाई ऐन, नियम र कानुनअनुसार समावेश गरी संशोधन गरिने बताएका थिए ।

नगर सभा सदस्यहरूले विभिन्न सुझाव राखेका थिए । हिजाे पारित नीति तथा कार्यक्रमका आधारमा आगामी असार १० गते उपमेयर सुनिता डंगोलले बजेट ल्याउनेछिन् ।

याे पनि, सुर्यबिनायक नगरपालिका–८ आर्दशचोक नजिकै बिहीबार बिहान सवा २ बजे मोटरसाइकल र ट्रिपर आपसमा ठो“क्किँदा दुई जनाको मृ- त्यु भएको छ ।

सुर्यविनायकबाट जगाती तर्फ जाँदै गरेको बा ८९ प ७८७६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ५२९८ नम्बरको ट्रिपर आपसमा ठो“ क्किँदा मोटरसाइलमा सवार दुई जना पुरुषको मृ- त्यु भएको हो ।

अन्दाजी २० वर्षका जस्ता देखिने दुवै घा`इतेको उपचारको क्रममा भक्तपुर अस्पतालमा मृ- त्यु भएको हो । मृ- तक दुवैको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । ट्रिपर र ट्रिपर चालकलाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार