Friday, April 26, 2024

Friday, April 26, 2024
INFONPLअन्तर्राष्ट्रियअफगानिस्तानमा गएकाे भूकम्पमा परि ज्या`न गुमाउनेकाे सङ्ख्या यति धेरै, कैयाैँ घाइते (विवरण सहित)

अफगानिस्तानमा गएकाे भूकम्पमा परि ज्या`न गुमाउनेकाे सङ्ख्या यति धेरै, कैयाैँ घाइते (विवरण सहित)

Published:

ON:

INFONPL

अफगानिस्तानमा गएकाे भूकम्पमा परि ज्या`न गुमाउनेकाे सङ्ख्या यति धेरै, कैयाैँ घाइते (विवरण सहित)

अफगानिस्तानको पक्तिका प्रान्तमा गएको भूकम्पमा परेर २ सय ५० जनाको ज्या`न गएको छ । कैयौँ नागरिक घा`इते भएका छन् । मानिसको उद्धार र व्यवस्थापनको काम भैरहेको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार बिहान ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो । दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट सहरबाट झण्डै ४४ किलोमिटर टाढा भूकम्पको केन्द्रबिन्दु रहेको छ । भूकम्पको गहिराइ ५१ किलोमिटर छ ।

यो भूकम्पको धक्का अफगानिस्तानसहित पाकिस्तान र भारतको पाँचसय किलोमिटर धेरै क्षेत्रमा महसुस गरिएको युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

अफगानिस्तान सरकारका प्रवक्ता बिलाल करीमीले तत्काल उद्धार, राहत तथा थप प्रकोप रोक्नका लागि आवश्यक टोली परिचालन भएको बताउनुभएको छ ।

याे पनि, मेक्सिकोको इक्सटाप्लुकाको एक महिलाको गर्भमा एकैसाथ १३ सन्तान हुर्किदै छन् । यो आश्चर्य भएता पनि यो कुरा सत्य रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छन् । मारित्जा हर्नान्डेज मेन्डेजल नाम गरेकी ती महिलाले गर्भमा हुर्किदै गरेका १३ सन्तानलाई उनले एकैपटक जन्म दिने भएकी छन् ।

यस अघि मारित्जाले पहिलो पटक एउटा बच्चालाई जन्म दिइन् दोस्रो पटक जुम्लिया बच्चालाई जन्म दिएकी थिइन् भने तेस्रो पटक उनले एकैसाथ तीन बच्चालाई जन्म दिएकी थिइन् । मारित्जाको श्रीमानको नाम फायरम्यान एन्टोनियो सोरियानो हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार त्यहाँका काउन्सिलर गेरार्डो ग्युरेरोले बालबच्चाको पालनपोषणको लागि सहयोगको अपिल गर्दै महिलाको गर्भमा १३ जना बच्चा हुर्किरहेको बताएका हुन् ।

बेलायती पत्रिका ‘द मिरर’ का अनुसार ग्युरेरोलो सबै मानिसहरूसँग सहयोगको अपिल गरिरहेका छन् । उनले भनेका छन्, ‘म तपाईहरू सबैसँग एकताको लागि आग्रह गर्दछु । सबैभन्दा पहिला एन्टोनियोलाई चिन्नुहोस र सहयोग गर्नुहोस् । ताकि उनीहरूले आफ्नो बालबच्चाहरूको पालनपोषण गर्न सकुन ।’

एन्टोनियो १४ वर्षदेखि फायर फाइटरको रुपमा काम गर्दै आएका छन् । उनले पाउने पारिश्रमिकले उनको १९ जना बालबालिकाको हेरचाहाका लागि पर्याप्त हुँदैन । स्वास्थ्य विज्ञहरूले एकैसाथ धेरै बच्चा जन्मिनु जोखिमपूर्ण भनेका छन् । मारित्जाको गर्भका रहेको १३ वटा सन्तान हालसम्म स्वस्थ रहेका छन् । एकैसाथ यति धेरै बच्चा गर्भमा रहनु विरलै भएको ग्युरेरोले बताएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार