Monday, June 27, 2022

Monday, June 27, 2022
INFONPLअन्तराष्ट्रियमङ्कीपक्स्काे जाेखिम बढ्दाे क्रममा; ब्राजिलमा पनि पहिलाे पटक मङ्कीपक्स् पुष्टि !

मङ्कीपक्स्काे जाेखिम बढ्दाे क्रममा; ब्राजिलमा पनि पहिलाे पटक मङ्कीपक्स् पुष्टि !

Published:

ON:

INFONPL

मङ्कीपक्स्काे जाेखिम बढ्दाे क्रममा; ब्राजिलमा पनि पहिलाे पटक मङ्कीपक्स् पुष्टि !

ब्राजिलको साओ पाउला सहरमा बिहीबार मङ्कीपक्स् पहिलो घटना पुष्टि भएको स्थानीय स्वास्थ्य अधिकारीहरूले बताएका छन् । भर्खरै स्पेन र पोर्चुगलको यात्रा गरेका ४१ वर्षीय पुरुषमा सो भाइरस भेटिएको सहरको स्वास्थ्य सचिवालयले एक विज्ञप्तिमा जानकारी दिएको छ ।

बिरामीलाई हाल एमिलियो रिबास सार्वजनिक अस्पतालमा अलग्गै राखिएको बताइएको छ । यद्यपी यसअघि पनि साओ पाउलोमा २६ वर्षीया एक महिलालाई मङ्कीपक्स् हो कि भन्ने शङ्कामा अस्पतालमा भर्ना गरेर अनुसन्धान भइरहेको सचिवालयले जानकारी दिएको छ ।

याे पनि, वर्षायाम सुरु भएसँगै सिन्धुपाल्चोकको मेलम्ची खाेला आसपास क्षेत्र प्रभावित हुन थालेको छ । गएराति ठूलाे वर्षापछि मेलम्ची खाेलामा आएकाे बाढीले अस्थायी संरचनामा क्षति पुर्याएकाे छ । गएरातिको बाढीले मेलम्ची नगरपालिका नं ७ र ११ जाेड्ने फट्टेमा रहेकाे अस्थायी ह्युम पाइप कल्भर्टमा क्षति पुर्याएको हो ।

पुलमा क्ष`ति पुगेसँगै सडक बन्द भएको छ । यातायात आवतजावतका लागि वैकल्पिक मार्ग प्रयोग गर्न मेलम्ची नगरपालिकाले अनुरोध गरेको छ । ‘आज रातिको वर्षाको कारण खाेलाको बहाव बढ्दा मेलम्ची बजारमा रहेको र फट्टेमा रहेको अस्थायी ह्युमपाइप कल्भर्टमा क्षति पुगेको छ ।

यातायात आवत जावतमा वैकल्पिक मार्ग प्रयोग गर्नु हुन सम्पूर्णमा अनुरोध छ’ मेलम्ची नगरपालिकाका इन्जिनियर जितबहादुर कार्कीले भन्नुभयो ।

मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले फट्टेको ह्युमपाइप मर्मत गरेर एक हप्ता सञ्चालनमा ल्याइने बताउनु भयाे । मेलम्ची इन्द्रावती जोड्ने पुलमा भने क्ष`ति नपुगेको तामाङले बताउनुभयो ।

सम्बन्धित समाचार

ताजा समाचार