Monday, June 27, 2022

Monday, June 27, 2022
INFONPLअन्तराष्ट्रियचीनको सिचुआनमा भर्खरै शक्तिशाली भूकम्पकाे घक्का, क्षेति बारे जानकारी आउनै बाँकि !

चीनको सिचुआनमा भर्खरै शक्तिशाली भूकम्पकाे घक्का, क्षेति बारे जानकारी आउनै बाँकि !

Published:

ON:

INFONPL

चीनको सिचुआनमा भर्खरै शक्तिशाली भूकम्पकाे घक्का, क्षेति बारे जानकारी आउनै बाँकि !

दक्षिण पश्चिम चीनको सिचुआन प्रान्तको आबा तिब्बती–कियाङको माइरकाङ सहरमा शुक्रबार बिहान बेइजिङ समयानुसार १:२८ बजे ६.० म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्र (सिइएनसी) ले जनाएको छ ।

तेह्र किलोमिटर गहिराइमा रहेको उक्त केन्द्रबिन्दु ३२.२५ डिग्री उत्तर अक्षांश र १०१.८२ डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको सीईएनसीले जनाएको छ । यसअघि शुक्रबार यस सहरमा ५.८ म्याग्‍निच्यूडको भूकम्प गएको थियो । यस भूकम्पको हालसम्म धनजनको क्षतिको भने कुनै विवरण प्राप्त भएको छैन् ।

याे पनि, गर्मी मौसममा घाममा पार्किङमा राखेको स्कुटी वा मोटरसाइकल चढ्दा तपाइँलाई कस्तो अनुभूति हुन्छ ? निश्चय नै असहज हुन्छ । बस्नुअघि उपलब्ध भए कागज वा कपडा राख्नुहुन्छ। अझै बस्नै नसक्ने तातो भए त पानी छर्कनु पनि हुन्छ होला। तर, तपाईले यस्तो तातोलाई कुनै नयाँ उपयोगमा प्रयोग गर्नु भएको छ त ?

अहिले गर्मी मौसम छ । तापमान बढेसँगै भारतमा नयाँ नयाँ जुक्ति लगाउन थालिएको छ। स्कुटीको सिट ता`तेपछि भारतीय उद्यमी हर्ष गोयन्काले डोसा (दक्षिण भारतको लोकप्रिय खानेकुरा) पकाउन प्रयोग गरेका छन्। डोसा तयार गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

एक व्यक्तिले तमिलमा ‘माभु’ भनेर चिनिने डोसा दिउँसोको समयमा स्कूटरमा गोलाकार आकारमा फैलाएकाे देख्न सकिन्छ । भिडियोको क्याप्सनमा भनिएको छ, ‘गर्मीमा बाहिर ४० डिग्री तापक्रममा पेसेवरहरूले गरेको भेस्पा डोसा ।’ भिडियोमा अलिअलि खैरोे आधा पाकेको जस्तो डोसा देखाइएको छ । भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

सम्बन्धित समाचार

ताजा समाचार