Monday, June 27, 2022

Monday, June 27, 2022
INFONPLअन्तराष्ट्रिय३ मिनेटको अन्तरमा २ वटा शक्तिशाली भूकम्प, यति धेरैकाे मृ-त्यु

३ मिनेटको अन्तरमा २ वटा शक्तिशाली भूकम्प, यति धेरैकाे मृ-त्यु

Published:

ON:

INFONPL

३ मिनेटको अन्तरमा २ वटा शक्तिशाली भूकम्प, यति धेरैकाे मृ-त्यु !

चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तको याआन सहरमा बुधबार दुईवटा भूकम्प जाँदा कम्तीमा चार जनाको मृ- त्यु हुनुका साथै अन्य १४ जना घाइते भएका छन् । भूकम्पले रेल लाइन अ -वरु- द्ध हुनुका साथै घरमा क्ष`ति पुगेको छ ।

चीनको सरकारी मिडिया चाइना ग्लोबल टेलिभिजन नेटवर्कका अनुसार लुसान काउन्टीमा साँझ ५ बजे ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो भने त्यसको तीन मिनेटपछि सहर नजिकैको बाओक्सिङ काउन्टीमा ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो । शक्तिशाली भूकम्पको धक्का सिचुआनको राजधानी सहर चेङ्दु र चोङकिङ नगरपालिकासम्म महसुस गरिएको केही चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले अनलाइनमा भनेका छन् ।

सिचुआन फायर डिपार्टमेन्टले लुसान काउन्टीका केही घरहरू आंशिक रूपमा क्ष `तिग्र` स्त भएको र विभाग प्रभावित भएका सम्बन्धित काउन्टीहरू र शहरहरूसँग सम्पर्कमा रहेको बताएको छ । चीनको रेलवे प्राधिकरणले तुरुन्तै रेल लाइनको प्रभावित भागहरू रोकेको छ ।

सिचुआन प्रान्तीय भूगर्भीय प्रकोप व्यवस्थापन कार्यालयले बुधबार राति चे`तावनी दिँदै आगामी २४ घण्टामा यानका पाँच र चेङ्दुका दुई लगायतका सातवटा काउन्टी-स्तरीय क्षेत्रहरू भौगोलिक विपद्को अपेक्षाकृत उच्च जोखिमको सामना गर्ने बताएको छ । सिचुआन भूकम्प विभागका अनुसार लुसानमा गएको भूकम्प सन् २०१३ मा यस क्षेत्रमा गएको ७.० म्याग्निच्युडको भूकम्पको परकम्प थियो ।

२०१३ को भूकम्पमा १९६ जनाको ज्या`न गएको थियो भने ११ हजारभन्दा बढी घा`इते भएका थिए । १७ किलोमिटर गहिराईमा रहेको लुसानमा गएको भूकम्पको केन्द्रविन्दु ३०.३७ डिग्री उत्तर अक्षांश र १०२.९४ डिग्री पूर्वी देशान्तरमा रहेको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ ।

हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

सम्बन्धित समाचार

ताजा समाचार