Monday, June 27, 2022

Monday, June 27, 2022
INFONPLसमाचारमुग्लिन-काठमाडौं सडकखण्ड अवरूद्ध, यस्ताे छ कारण !

मुग्लिन-काठमाडौं सडकखण्ड अवरूद्ध, यस्ताे छ कारण !

Published:

ON:

INFONPL

मुग्लिन-काठमाडौं सडकखण्ड अवरूद्ध, यस्ताे छ कारण !

हावाहुरीले रूख र बिजुलीको पोल ढाल्दा मुग्लिन-काठमाडौं सडकखण्ड अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका-५ को पानीधार भन्ने स्थानमा हावाहुरीले रुख र बिजुलीको पोल ढाल्दा सो सडक खण्ड अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको सहयोगमा रुखलाई पन्छाउने प्रायस भइरहेको चितवन प्रहरीले जनाएको छ ।

याे पनि, सर्लाहीको हरिवन नगरपालिकामा नेपाली कांग्रेसका कार्यकर्ताले च`क्का`जाम गरेका छन् । वडा नम्बर ७ को पुन: मतगणनाको माग गर्दै कांग्रेस नेता कार्यकर्ताले राजमार्गमा च`क्का`जाम गरेका हुन् ।

यहाँ १ मतले नेकपा एमालेका उम्मेदवार निरध्वज कार्की विजयी भएपछि कांग्रेसले पुनः मतगणना गर्न माग गरेको हो । वडा नम्बर ७ को अन्तिम मतपरिणाम अनुसार कांग्रेसका अशोक थापाले ३७८ ल्याउँदा एमालेका कार्कीले ३७९ मत प्राप्त गरी विजयी भएका छन् ।

गणनामा त्रुटी भएको भन्दै कांग्रेसले पुनः मतगणना गर्नुपर्ने माग गरेका थिए । तर निर्वाचन अधिकृत रुद्रप्रसाद आचार्यले पुनः मतगणना गर्नुनपर्ने सूचना प्रकाशित गरेपछि कांग्रेसी कार्यकर्ताले मतगणनास्थल ईलाका प्रशासन कार्यालयमा ढुं`ग` मु` ढा गरेका छन् । ढं` गा`मु` ढाबाट ईलाका प्रशासन कार्यालयका झ्यालका सिसा फु`टे`को छ ।

सुरक्षाकर्मीले ढुं` गा`मु` ढा गर्ने कांग्रेसीलाई धपाउन २ सेल अ`श्रु`ग्याँ`स प्रहार गरेको सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । लगत्तै कांग्रेसी कार्यकर्ताहरूले राजमार्गमा नाराबाजीसहित टा` यर बा` लेर च` क्का` जाम गरेका छन् । अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार