Monday, June 27, 2022

Monday, June 27, 2022
INFONPLअन्तराष्ट्रियदिल्लीको तापक्रम ४९ डिग्री, सर्वसाधारणलाई घरभित्रै बस्न अनुरोध

दिल्लीको तापक्रम ४९ डिग्री, सर्वसाधारणलाई घरभित्रै बस्न अनुरोध

Published:

ON:

INFONPL

दिल्लीको तापक्रम ४९ डिग्री, सर्वसाधारणलाई घरभित्रै बस्न अनुरोध, तीब्र तातो हावाका कारण भारतका केही भागमा अत्यधिक गर्मी बढेको छ ।

दिल्ली र उत्तर प्रदेशका स्थानहरूको तापक्रम  ४९ डिग्री सेल्सियस मापन गरिएको छ । मौसम कार्यालयले केरलामा भारी वर्षाको चेतावनी दिएको छ भने पाँच जिल्लाहरूमा रेड अलर्ट जारी गरिएको छ ।

दिल्लीमा सफदरजंग अब्जरभेटरीले ४५ दशमलब ६ डिग्री सेल्सियस रेकर्ड गरेको छ भने उत्तरपश्चिम दिल्लीको मुंगेशपुर र दक्षिणपश्चिम दिल्लीको नजफगढमा दुई वटा मौसम स्टेसनहरूले क्रमशः ४९ दशमलब २ र ४९ दशमलब १ डिग्री सेल्सियस रिपोर्ट गरेका छन् ।

सफदरजंगको तापक्रम यो सिजनको उच्च हो । अत्यधिक गर्मी बढेपछि सर्वसाधारणलाई घरभित्रै बस्न भनिएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार