Monday, June 27, 2022

Monday, June 27, 2022
INFONPLखेलकुदभारत्तोलन स्वर्ण विजेता खेलाडी सन्जु यस्तो अवस्थामा मृ-त फेला

भारत्तोलन स्वर्ण विजेता खेलाडी सन्जु यस्तो अवस्थामा मृ-त फेला

Published:

ON:

INFONPL

साग स्वर्ण विजेता खेलाडी सन्जु यस्तो अवस्थामा मृ-त फेला, १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सन्जु चौधरी मंगलबार मृ त भेटिएकी छन् ।

नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले ललितपुरको लुभुस्थित भारोत्तोलन प्रशिक्षक संजय महर्जनको घरमा सन्जु मृ त भेटिएको जानकारी दिए । प्रशिक्षक महर्जनको घरमा बस्दै आएकी सन्जु बिहान झु न्डिएको अवस्थामा फेला परेकी हुन् ।

प्रशिक्षक महर्जनको घरमा आयोजित जात्राको भोजमा सामान्य अवस्थामा सामेल भएकी सन्जु बिहान मृ त भेटिएकी हुन् । भोजमा संघका अध्यक्ष श्रेष्ठसहित अन्य खेलाडी उपस्थित रहेका थिए । अध्यक्ष श्रेष्ठले भोजमा सामान्य अवस्थामा रहेकी सन्जुबारे बिहान यस्तो खबर आएको बताए ।

प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेको देखिएको छ । नेपाल प्रहरीका प्रवक्ता बिष्णु कुमार केसीले घटनाको प्रकृति हेर्दा आ त्मह त्या गरेको देखिएको र अनु सन्धानपछि थप जानकारी आउने बताए । १९ औं एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा सामेल हुन सन्जु काठमाडौं आएकी थिइन् । उनी एसियन गेम्सका लागि प्रारम्भिक छनोटमा परेकी थिइन् ।

बाँके घर भएकी सन्जुले १३ औं सागमा महिला ५९ केजी तौल समूहमा श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न जितेकी थिइन् । सन्जु दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्ने पहिलो नेपाली महिला भारत्तोलन खेलाडी हुन्।

सम्बन्धित समाचार

ताजा समाचार