Friday, April 19, 2024

Friday, April 19, 2024
INFONPLमनाेरन्जनपल शाह उता जेलमा, यता युट्युबमा पलका गीत धमाधम ट्रे'ण्डिगंमा

पल शाह उता जेलमा, यता युट्युबमा पलका गीत धमाधम ट्रे’ण्डिगंमा

Published:

ON:

INFONPL

काठमाडौँ । पल शाह उता जेलमा, यता युट्युबमा पलका गीत धमाधम ट्रे’ण्डिगंमा, अभिनेता पल शाह यतिबेला जे`लमा छन् । नाबा`लिग ब… को अभियोगमा यतिबेला पुर्पक्षका लागि कारागारमा छन् । तर उनी अभिनित गीतहरु भने धमाधम ट्रेण्डिगंमा उक्लिरहेका छन् ।

पलले धेरै समय अगाडि अभिनय गरेका भिडियो भने दिन दिनै आउन थालेसँगै गीतले ट्रेण्डिगंको लय समातिरहेका दृश्यहरु युट्युबभरी छ`ताछु`ल्ल छन् । पलले अभिनय गरेको दुई महिनाभन्दा बढी समय हुँदासम्म भिडियो नहाल्नेले हिजो आज चै दिनहुँ भिडियो हाल्न थालेका छन् । यसले उनका समर्थकलाई पनि भ्याइनभ्याइ हुन थालेको छ ।

यसैबिच गायक निशान भट्टराई र गायिका विष्णु माझीको आवाजमा गीत ‘दिन्थे मुटु झिकी’ले पनि ट्रेण्डिगंकै बाटो समातेको छ । पवन ओलीको रचना र लय सिर्जना रहेको गीतको भिडियोलाई शिव बिकले कोरीयोग्राफी तथा निर्देशन गरेका हुन् । गीतको एरेन्ज आशिस अविरलको रहेको छ ।

अर्जुन तिवारीले दृश्य कैद गरेको भिडियोमा नायक पल शाह र नायिका एलिजा गौतम फिचर्ड छन् । भिडियोलाई मिलन विश्वकर्माले सम्पादन तथा रङ संयोजन गरेका हुन् ।

त्यस्तै अर्का लोकप्रिय लोकपप गायक सुनिल गिरीको २ साता अघि रिलिज गरिएको पल अभिनित भिडियो झम्के साँझ पनि ट्रेण्डिगंको शीर्ष स्थानमा रहेको छ । यो भिडियोलाई ४१ लाख बढीले हेरिसकेको छन् ।

त्यस्तै पलका अन्य गीतहरु पियारी, तिमी हाँसी दिँदा, पवित्र माया, मलाई गाल पार्ने पनि अहिले चर्चामा नै छन् ।

सम्बन्धित समाचार

ताजा समाचार