Sunday, September 24, 2023

Sunday, September 24, 2023
INFONPLशिक्षासंसारकै सबैभन्दा राम्रो अक्षर लेख्ने नेपाली चेली प्रकृति मल्ललाई सम्मान स्वरुप सेयर गर्न नभुल्ल्नु होला ! (भिडियाे) 

संसारकै सबैभन्दा राम्रो अक्षर लेख्ने नेपाली चेली प्रकृति मल्ललाई सम्मान स्वरुप सेयर गर्न नभुल्ल्नु होला ! (भिडियाे) 

Published:

ON:

INFONPL

संसारकै सबैभन्दा राम्रो अक्षर लेख्ने नेपाली चेली प्रकृति मल्ललाई सम्मान स्वरुप सेयर गर्न नभुल्ल्नु होला ! (भिडियाे)

नौ वर्षमै प्रकृति मल्ल कक्षा ५ मा पढ्थिन्, त्यही कक्षामा छँदा मल्लको हातमा एउटा कापी पर्यो ! आफू पढ्ने विद्यालयकै माथिल्लो कक्षामा पढ्ने दाजु, अभिषेक लोप्चनको । कक्षाका अरु विद्यार्थीको तुलनामा छोरीको पनि हस्तलेखन अब्बल भएकोले बुवा प्रल्हादकुमारले लोप्चनको कापी प्रकृतिलाई देखाउनकै लागि घरमा ल्याएका थिए ।

‘कापी हातमा पर्ने बित्तिक्कै म त एकछिन केही बोल्नै सकिन ।’ तीन वर्षअघिको त्यो क्षण सम्झँदै १२ वर्षीया मल्लले भनिन्, ‘मैले कापी ओल्टाइपल्टाइ गरेँ, यस्तो अनविलिएवल (अविश्सनीय) अक्षर पनि लेख्न सकिने रहेछ भन्ने लाग्यो ।’ त्यही ‘अनविलियवल’ अक्षर देखेर निक्कै उत्साहित भइन् उनी । ‘त्यही बेलादेखि म पनि ‘अनविलिएवल’ अक्षर लेख्छु भनेर लागेँ’, उनले त्यो बेला मनभित्रैबाट गरेको प्रतिवद्धता फुकाइन् ।

त्यही प्र´तिवद्धताअनुसार उनले दैनिक अ´भ्यास गरिन् । भक्तपुरको सैनिक स्कुलको कक्षा ८ की छात्राको परिणाम निस्कियो, अक्षर हेरेर सबैबाट प्रतिक्रिया पाए, ‘अनविलिएबल ह्याण्डराइटिङ’ । कुनै टाइपिष्टले टाइप गरेको जस्तो, एकनासे अक्षरका दानाहरु, कुनै केरमेट नगरीएको सफा, हेर्दैमा चित्ताकर्षक, लोभलाग्दो अक्षर ! भ्यालीवाइड इन्टर स्कुल ह्याण्डराइटिङ कण्टेष्टमा उत्कृष्ट भएपछि उनको ह्याण्डराइटिङ सामाजिक सञ्जालमा भाईरल बन्यो ।

फेस´बुक र ट्´विटरमा छ्याप्छ्याप्ति भएको त्यो ह्याण्डराइटिङ हजारौंको संख्यामा शेयर भएको छ, लाखौं लाईक, कमेण्ट र ट्विट भएका छन् । उनको अक्षर देखेर सामाजिक सञ्जालमा कमेण्टहरु ‘छक्क’ परेका छन् । ‘वाह !’ भनेका धेरैको अर्को पनि प्रतिक्रिया छ, ‘गड गिफ्टेड ह्याण्डराइटिङ !’ कसरी सम्भव भयो ? आजभन्दा भोलि, भोलिभन्दा पर्सी अर्थात् दिन दुगुणा रात चौगुणाको दरले ह्यान्डराइटिङ राम्रो हुँदै गए´पछि उनीप्रति धेरै शिक्षकहरुको ध्यान गयो ।

शि`क्षकहरुले कक्षामै र स्कुलमै प्रकृतिको ह्याण्डराइटिङको खुलेरै प्रशंसा गर्न थाले । ‘कापी देख्ने बित्तिक्कै मैले पनि त्यो कापीको भन्दा राम्रो ह्याण्डराइटिङ लेख्नुपर्छ भन्ने सोच बनाएर नियमित अभ्यास गरेँ । अक्षर कसरी राम्रो बनाउने भन्ने कुरामा ध्यान दिएँ । दिनकै म एकदुई पेज त ह्यान्डराइटिङ लेख्नतिर नै समय दिएँ ।’ उनले सफलताको रहस्य बताइन् । ‘मुख्य कुरा अ`भ्यास नै हो, अभ्यासले असम्भवलाई पनि स`म्भव बनाउँछ।´

अक्षर राम्रो बनाउन भि`त्रैदेखि लागेका उनलाई राम्रो ह्याण्डराइटिङ लेख्नु पनि एक प्रकारको सीप र कला हो भन्ने लाग्यो हो । त्यही कारण उनले राम्रा ह्याण्डराइटिङका न´मूनाहरु संकलन गरिन् । राम्रो अक्षर कसरी लेखिँदो रहेछ भनेर अक्षरमै घोत्लिइन् । ‘इन्टरनेटमा कुन अक्षरको सेप कस्तो ? हुने रहेछ भनेर आफै पनि खोज्न थालेँ ’ उनले भनिन्, ‘सँधै रुटिनै बनाएर ह्याण्डराइ`टिङ गरेँ ।

राम्रो, आर्कषक अक्षर लेखिएको पढ्न पाए पा´ठकलाई मात्र नभएर लेख्नेलाई झन् भित्री मनदेखि आनन्द मिल्ने बताउने उनको हस्तलेखनलाई ‘क्यालिग्राफी’ ले अझ उत्कृष्ट अक्षर बनाउन सघाउ पुर् – यायो ।

सम्बन्धित समाचार

ताजा समाचार