Saturday, April 20, 2024

Saturday, April 20, 2024
INFONPLकला/सस्कृतदसैँ-तिहारमा दिने बिदा थप्ने मन्त्रिपरिषद्काे निर्णय, यस्ताे छ विदाकाे नयाँ तालिका !

दसैँ-तिहारमा दिने बिदा थप्ने मन्त्रिपरिषद्काे निर्णय, यस्ताे छ विदाकाे नयाँ तालिका !

Published:

ON:

INFONPL

दसैँ-तिहारमा दिने बिदा थप्ने मन्त्रिपरिषद्काे निर्णय, यस्ताे छ विदाकाे नयाँ तालिका !

आगामी वर्षका लागि सरकारले नौ दिन चाडपर्व बिदा बढाएको छ । गृह मन्त्रालयको प्रस्तावअनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ०७९ मा दसैँ–तिहारको बिदासमेत लम्ब्याएर नौ दिन बढाएको हो ।  आगामी वर्ष दसैँको विजयादशमीको पर्सिपल्ट सम्म बिदा दिने निर्णय भएको छ ।

यसअघि टीकाको भोलिपल्ट सम्म मात्र बिदा हुन्थ्यो । त्यस्तै, तिहारमा भाइटीकाको भोलिपल्ट पनि बिदा हुने भएको छ । नेवार समुदायले त्यस दिन भाइटीकाकै रूपमा किजा पूजा गर्छन् । आगामी वर्ष क्रिसमस, धान्नेपूर्णे (वैशाख पूर्णिमा), मोहम्मदजयन्तीमा पनि बिदा दिने निर्णय भएको छ ।

तमु तथा सोनाम ल्होसार र मुस्लिम समुदायको दुईवटा चाडमा पनि बिदा दिने निर्णय भएको छ । यो वर्ष पनि मन्त्रिपरिषद्का निर्णयका आधारमा यी चाडपर्वमा बिदा दिइएकोमा आगामी वर्ष भने बिदासम्बन्धी सूचनामै यसलाई समेट्ने निर्णय भएको छ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

सम्बन्धित समाचार

ताजा समाचार