Friday, April 19, 2024

Friday, April 19, 2024
INFONPLअन्तराष्ट्रियहङकङमा काे-राेनाको पाँचौ लहर सरु, संक्रमित बढेसँगै स्वास्थ्य सेवा अस्तव्यस्त हुँदै !

हङकङमा काे-राेनाको पाँचौ लहर सरु, संक्रमित बढेसँगै स्वास्थ्य सेवा अस्तव्यस्त हुँदै !

Published:

ON:

INFONPL

हङकङमा काे-राेनाको पाँचौ लहर सरु, संक्रमित बढेसँगै स्वास्थ्य सेवा अस्तव्यस्त हुँदै !

को-भिड १९ संक्रमणका कारण हङकङको स्वास्थ्य सेवा प्रणाली अस्तव्यस्त भएको छ । नयाँ भेरियन्ट ओ-मिक्रोनका कारण संक्रमितको संख्या बढेसँगै अस्पतालमा बिरामीहरुको चाप बढेको छ । १० हजार भन्दा बढी व्यक्ति अस्पताल भर्ना हुन पालो कुरिरहेका छन् ।

हङकङमा अहिले को- भिडको पाँचौ लहर चलेको छ । संक्रमण बढे पनि लकडाउन भने गरिएको छैन् । बुधबार मात्र ४ हजार २८५ नयाँ संक्रमित भेटिएका थिए । पछिल्लो २४ घन्टामा को- भिडका कारण एक तीन वर्षीया बालिकासहित नौ जनाको मृ- त्यु भएको छ ।

विज्ञहरुले हङकङमा दैनिक संक्रमितको संख्या २८ हजारसम्म पुग्ने सावधानी दर्शाएका छन् । एउटा दुर्लभ हस्तक्षेपमा चिनियाँ राष्ट्रपति सी जिनपिङले संक्रमण नियन्त्रणका लागि आवश्यक सम्पूर्ण उपाय चाल्न हङकङका स्थानीय नेतालाई अनुरोध गरेका छन् । जिनपिङको टिप्पणी चीनको विशेष प्रशासनिक क्षेत्रमा क-ठोर नियन्त्रणको संकेत गरेको छ ।

सामूहिक परीक्षण र लकडाउन बिना नै हङकङ सरकारले चीनमा जस्तै शून्य को- भिड नीति लगाउने तयारी गरेको छ ।महामारी सुरु भएपछि अहिलेसम्म २६ हजार संक्रमित भएका छन् भने २०० जनाको मृ- त्यु भएको छ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।।  हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

सम्बन्धित समाचार

ताजा समाचार