साताकाे पहिलाे दिन आइतबार ह्वात्तै बढ्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ, नेपाल सुनचाँदी व्यवसायी महासंघले आज एकै दिन सुनको प्रतितोला मूल्य १५ सय रुपैयाँले बढेको जानकारी दिएको छ ।
महासंघले आज सुनचाँदीको कारोबार मूल्य तोक्दै सुनको १५ सय रुपैयाँले बढेको जानकारी दिएको हो । यससँगै, आज महिनाको पहिलो दिन छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५०० रुपैयाँ पुगेको छ ।
यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ कायम छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ थियो ।
यसैगरी, आज सुनसँगै चाँदीको कारोबार मूल्य पनि बढेको छ । गत साताको शुक्रबार तोलामा १२ सय ८० रुपैयाँ रहेको चाँदी आज १३ सय रुपैयाँ पुगेको छ । चाँदीको मूल्य आज एकै दिन २० रुपैयाँले बढेको हो ।
नेपाली पन्चे बाजामा अहिले सम्मकै उत्कष्ट नृत्य, बेहुला-वेहुली पक्ष विच क`डा प्रतिश्पर्धा भिडियो
काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।