Tuesday, May 17, 2022

Tuesday, May 17, 2022
INFONPLअन्तराष्ट्रियबेलायतमा देखियो ओ'मिक्रोनको सहप्रजाति, ४०० भन्दा बढी संक्रमित

बेलायतमा देखियो ओ’मिक्रोनको सहप्रजाति, ४०० भन्दा बढी संक्रमित

Published:

ON:

INFONPL

लन्डन : बेलायतमा देखियो ओ’मिक्रोनको सहप्रजाति, ४०० भन्दा बढी सं’क्रमित ! बेलायतमा ओ’मिक्रोनको सहप्रजाति देखिएको छ । बेलायतमा गरिएका परीक्षणमा ४०० भन्दा बढी जनामा सहप्रजाति देखिएको हो ।

ओ’मिक्रोन बीए.२ लाई थप अनुसन्धानमा राखिएको बेलायतको स्वास्थ्य सुरक्षासम्बन्धी निकाय (युकेएचएसए) ले जनाएको छ । अहिलेसम्म ४२६ जनामा सो सं’क्रमण पुष्टि भएको छ ।

यसअघिका विश्लेषणले नयाँ सहप्रजाति ओ’मिक्रोनभन्दा छिटो फैलिन सक्ने विश्लेषण गरिएको थियो, तथापी वैज्ञानिकहरु यसबारे निश्चित हुन सकेका छैनन् । सहप्रजातिलाई भे’रियन्ट अफ कन्सर्न भने घोषणा गरिएको छैन् ।

सहप्रजातिबारे थप विश्लेषण गरिने युकेएचएसएले जनाएको छ । सहप्रजातिले आगामी साता बेलायतको महामारीलाई कसरी आकार दिन्छ भन्ने बारेमा प्रष्ट हुन बाँकी छ ।  सहप्रजातिले महामारीलाई कस्तो स्वरुपमा लैजान्छ भन्ने बारेमा विज्ञहरुले थप अनुसन्धान गरिरहेको युकेएचएसएका निर्देशक डा. मिरा चन्दले बताइन् ।

बेलायतमा सरकारले काे’भिड प्रतिबन्धलाई खुकुलाे पार्ने तयारी गरेकाे छ । अब सार्वजनिक स्थलमा मास्कबिना नै हिँडडुल गर्न पाइने भएकाे छ ।

सम्बन्धित समाचार

ताजा समाचार

You cannot copy content of this page