Thursday, January 27, 2022

Thursday, January 27, 2022
INFONPLसमाचारकाठमाडौं उपत्यकामा सार्वजनिक यातायात सञ्चालनकाे बिषयमा सरकारकाे यस्तो निर्णय (सूचना सहित)

काठमाडौं उपत्यकामा सार्वजनिक यातायात सञ्चालनकाे बिषयमा सरकारकाे यस्तो निर्णय (सूचना सहित)

Published:

ON:

INFONPL

काठमाडौं उपत्यकामा सार्वजनिक यातायात सञ्चालनकाे बिषयमा सरकारकाे यस्तो निर्णय (सूचना सहित) ।

को- भिड संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले सार्वजनिक यातायातमा यात्रा गर्दा पालना गर्नुपर्ने केही नियम लागू गरेका छन् । मंगलवार एक सूचना जारी गर्दै उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले सार्वजनिक सवारी साधनमा कुल स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्न आदेश दिएका छन् ।

ललितपुर जिल्ला प्रशासन कार्यालयले मंगलबार विज्ञप्ति जारी गरेको विज्ञप्तीमा यस्तो आदेश छ । सार्वजनिक सवारीमा यात्रा गर्ने सबै यात्रुहरुले अनिवार्य मास्क लगाउनुपर्ने, मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पञ्जा लगाउनुपर्ने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने, अनिवार्य रुपमा सवारी साधन दैनिक स्यानिटाइज गर्नुपर्ने लगायत आदेश पनि सिडिओहरुले गरेका छन् ।

केही दिनयता देशभर को- रोना भाइरस संक्रमितको संख्या बढ्दो क्रममा छ। पछिल्लो २४ घण्टामा मात्रै थप २ हजार ४ सय ४४ जनामा संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा थप १ जना संक्रमितको मृ- त्यु भएको छ । यससँगै नेपालमा हालसम्म को- भिडबाट ज्या- न गुमाउनेको संख्या ११ हजार ६०७ पुगेको छ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

सम्बन्धित समाचार

ताजा समाचार