Wednesday, August 17, 2022

Wednesday, August 17, 2022
INFONPLअन्तराष्ट्रियभारतमा पनि भेटियो को-राेनाको ‘ओमिक्रोन भेरिएन्ट’, उच्च सतर्कता अपनाइदै !

भारतमा पनि भेटियो को-राेनाको ‘ओमिक्रोन भेरिएन्ट’, उच्च सतर्कता अपनाइदै !

Published:

ON:

INFONPL

भारतमा पनि भेटियो को-राेनाको ‘ओमिक्रोन भेरिएन्ट’, उच्च सतर्कता अपनाइदै ! दक्षिण अफ्रिकामा को- रोना भाइरसको नयाँ ‘भेरिएन्ट ओमिक्रोन’ देखापरेपछि भारतमा पनि उच्च सतर्कता अपनाउन थालिएको छ ।

विभिन्न मुलुकहरूले दक्षिण अफ्रिकासँगको हवाइ सम्पर्क रोकिसकेको अवस्थामा भारतले पनि दक्षिण अफ्रिका र अन्य अफ्रिकी मुलुकसँगै उनीहरूसँग बढी आवतजावत हुने मुलुकलाई लक्षित गरी हवाई सम्पर्कलाई विच्छेद गर्ने सम्बन्धमा अधिकारीहरूले प्रधानमन्त्रीलाई सुझाब दिएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार सम्बन्धित अधिकारीहरूको आपतकालीन बैठक बोलाएर अन्तर्राष्ट्रिय यात्रामा छुट दिने नीतिको समीक्षा गर्न निर्देशन दिएका छन् । यसै सन्दर्भमा प्रधानमन्त्री मोदीले को- रोनाविरुद्धको खोपलाई आक्रामक रूपमा विस्तार गर्न निर्देशन दिए ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि को- रोनाको नयाँ भेरियन्टबाट प्रभाविकत मुलुकहरूसँगको उडानमा प्रतिबन्ध लगाउन माग गरेका छन् । मोदीले निकै प्रयत्नपछि मुलुकले को- रोनाको प्रभावलाई नियन्त्रणमा लिइएको भन्दै नयाँ भेरियन्टबाट भारतलाई जोगाउन हरसम्भव प्रयास गर्नु पर्ने बताए ।

भारतले हङकङ, बोत्सवाना र इजरायलबाट आउने सबै यात्रीहरुको स्वास्थ्य जाँच गर्न विमानस्थललाई निर्देशन दिएको छ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

सम्बन्धित समाचार

ताजा समाचार