Friday, March 29, 2024

Friday, March 29, 2024
INFONPLसमाचारनेपालमा यसरि घट्दैछ नयाँ को-रोना संक्रमितको संख्या, कुन जिल्लामा कति संक्रमित थपिए ?

नेपालमा यसरि घट्दैछ नयाँ को-रोना संक्रमितको संख्या, कुन जिल्लामा कति संक्रमित थपिए ?

Published:

ON:

INFONPL

काठ्मान्डौ । नेपालमा यसरि घट्दैछ नयाँ को-रोना संक्रमितको संख्या, कुन जिल्लामा कति संक्रमित थपिए ? पछिल्लो २४ घण्टामा थप ५९१ जनामा को`रोना भाइरस (को`भिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन गरी ९६९७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ९३७ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ११ हजार ८७४ जना छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ जनाको को`रोना संक्रमणबाट मृ-त्यु भएको छ ।

सोमबार थपिएसँगै नेपालमा को`रोना संक्रमितको कुल संख्या ८ लाख ५ हजार ५६० पुगेको छ । योसँगै नेपाल मृ-त्‍यु हुनेको संख्या ११ हजार २९३ पुगेको छ भने ७ लाख ८२ हजार ३९३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ८७४ जना रहेका छन् । जसमध्ये १० हजार ८४७ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार २७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । को`रोनाका बिरामीमध्ये २८० जना आईसीयू र ९९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ३ बालबालिकामा को`रोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ४२ जना को`रोना संक्रमित थपिएका छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा २०३, कास्कीमा ४३, ललितपुरमा ४१, मोरङमा ३३, भक्तपुरमा ३०, रुपन्देहीमा २६, चितवनमा २३ तथा सुनसरीमा १५ जनामा को`रोना संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार