Monday, October 25, 2021

Monday, October 25, 2021
INFONPLखेलकुदसाफ च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो जित, श्रीलंका ३-२ ले पराजित

साफ च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो जित, श्रीलंका ३-२ ले पराजित

Published:

ON:

INFONPL

साफ च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो जित, श्रीलंका ३-२ ले पराजित

काठमाडौं- युवा खेलाडीको गोल प्रेरित नेपालले साफ च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । माल्दिभ्सको मालेमा साेमबार राति भएको खेलमा नेपालले श्रीलंकालाई ३-२ गोल अन्तरले पराजित गरेका हो ।

जितसँगै नेपाल तालिकाको शीर्ष स्थानमा छ । नेपालले दुई खेलबाट ६ अंक जोडेको हो ।नेपालको लागि सुमन लामा, अन्जन विष्ट र आयुष घलानले १/१ गोल गरे । श्रीलंकाका लागि मार्बिन हामीटन र डिलोन डी सिल्भाले १/१ गोल गरे । यसअघि नेपालका मिडफिल्डर सुमनले खेलमा अग्रता दिलाएका थिए ।

श्रीलंकाविरुद्ध नेपालको अट्याक लाइन सम्हालेका सुमनले खेलको ३१ मिनेटमा गोल गरेका हुन् । सुमनले नवयुग श्रेष्ठको पास सदूपयोग गर्दै सिक्स यार्ड बक्सबाट उत्कृष्ट गोल गरेका थिए ।नेपालको लागि दोस्रो गोल अन्जनले गरे । अन्जनले खेलको ५१ मिनेटमा रिबाउण्ड बललाई जाली चुमाए ।

तेज तामाङले राईट विंगर आयुष घलानलाई बल उपलब्ध गराएका थिए । आयुषले सिक्स र्‍याड बक्सबाट नवयुगलाई उत्कृष्ट पास उपलब्ध गराए । नवयुगको प्रहार श्रीलंकाका गोलरक्षक सुजन परेराले पन्च गरेको बललाई रिबाउण्डमा अन्जनले खाली पोष्टमा गोल गरेका हुन् ।

सम्बन्धित समाचार

ताजा समाचार