Monday, October 25, 2021

Monday, October 25, 2021
INFONPLअन्तराष्ट्रियअचानक ३८ वटा चिनियाँ ल'डाकु विमान ताइवानको आकाशमा उडेपछि

अचानक ३८ वटा चिनियाँ ल’डाकु विमान ताइवानको आकाशमा उडेपछि

Published:

ON:

INFONPL

काठमाडौं । अचानक ३८ वटा चिनियाँ ल’डाकु विमान ताइवानको आकाशमा उडेपछि, चिनियाँ लडाकु विमानहरु ताइवानको हवाई क्षेत्रमा प्रवेश गरेका छन् । चीनले आफ्नो हवाई क्षेत्रमा अहिले सम्मको सबैभन्दा ठूलो अति’क्रमण गरेको ताइवानको आरोप छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार ताइवानले दाबी गरेको छ कि चीनको स्थापना दिवसको अवसरमा शुक्रवार ३८ ल’डाकू विमानले ताइवानको हवाई क्षेत्रबाट दुई पटक उडान भरेका छन् । ताइवानले चीनले बर्षेनी धेरै पटक आफ्नो हवाई क्षेत्र अति’क्रमण गरेको गुनासो गर्दै आएको छ । विशेष गरी ताइवान नियन्त्रित प्रतास टापु नजिकै ताइवानको दक्षिणपश्चिमी भागमा चीनको दबदबा बढ्दै गएको छ ।

ताइवानको रक्षा मन्त्रालयले दिएको जानकारी अनुसार १८ वटा जे–१६, चार वटा सुखोई–३० ल’डाकु विमान, प’रमाणु क्षमता भएका दुई वटा एच–६ बम्बर र एक एन्टी–सब’मरीन ल’डाकु विमान ताइवानको सीमा क्षेत्रमा प्रवेश गरेका थिए । ताइवानले पनि जवाफ फर्काएको मन्त्रालयले जानकारी दिएको छ । शुक्रबार पनि १३ वटा ल’डाकु विमान आफ्नो सीमा क्षेत्रमा प्रवेश गरेको ताइवानले जानकारी दिएको छ । १० वटा जे–१६एस, २ वटा एच–६एस र एक पूर्व चे’तावनी विमान रहेको थियो ।

मन्त्रालयले यो पनि भन्यो कि ताइवानले चिनियाँ विमानहरुलाई चेतावनी दिन ल’डाकु बिमान पठाएको थियो र निगरानीको लागी मि’साइल प्रणाली तैनाथ गरेको थियो । चिनियाँ ल’डाकु बिमानहरु पहिला प्रतास टापु नजिक र त्यसपछि ताइवान र फिलिपिन्स छुट्याउने बाशी च्यानल माथि उडेका थिए ।

हालसम्म चीनले यस सम्बन्धमा कुनै बयान जारी गरेको छैन । यसअघि चीनले ताइवान आफ्नो भुभाग भएको भन्दै आएको छ। यस्ता उडानहरुको उद्देश्य देशको सार्वभौमसत्ता बचाउनु रहेको चीनको दावी रहेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार