Friday, March 29, 2024

Friday, March 29, 2024
INFONPLस्वास्थअनुहारमा चमक ल्याउन देखि क्यान्सरबाट जोगिन यसरी प्रयाेग गर्नुहाेस् अमलाकाे, यस्ता छन् अन्य फाइदा

अनुहारमा चमक ल्याउन देखि क्यान्सरबाट जोगिन यसरी प्रयाेग गर्नुहाेस् अमलाकाे, यस्ता छन् अन्य फाइदा

Published:

ON:

INFONPL

अनुहारमा चमक ल्याउन देखि क्यान्सरबाट जोगिन यसरी प्रयाेग गर्नुहाेस् अमलाकाे, यस्ता छन् अन्य फाइदा ! अमला भिटामिनले युक्त अमिलो फल हो हो । जसको नियमित सेवनले विभिन्न रोगहरु हटाउन सकिन्छ ।अमला एउटा यस्तो स्रोत हो जसमा भिटामिन सी सधै रहिरहन्छ ।

यो सकै सिजनमा पाइदैन तर यसका अचुक फाइदाहरु हुन्छ ।त्रिफलाको ३ औषधिमध्ये एक गुणी जडिबुटीमा पर्ने अमलामा भिटामिन सी प्रसस्त पाइन्छ । भनिन्छ ३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेदको छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरु निको हुन्छ । अमलामा विभिन्न रोगहरु निको पर्ने क्षमता हुन्छ ।

अमलाको सेवन दैनिक गर्नाले शरीरको रोग प्रतिरोधक क्षमता मजबुत हुन्छ । यसको सेबनले यौ.., शक्ति प्रदान गर्नुका साथै बृद्धहरुमा जोस जाँगर प्रदान गर्छ । प्रत्येक दिन एउटा अमला खानाले पेट सफा र कब्जियत लगा यत पेटमा देखा पर्ने समस्याहरु हुन नपाइ ग्यष्ट्रिक पनि कम हुन्छ । किड्नी संग सम्बन्धित रोगहरु लाग्दैनन् ।

अमलाको जुस बनाएर खानाले पनि रगत सफा हुन्छ र शरीर स्वस्थ रहन्छ। दैनिक एउटा अमला खानाले फोक्सोसंग सम्बन्धित रोगहरु लाग्न पाउदैनन् । अमलाको दैनिक सेवनले अनुहारको छालामा चमक ल्याई लामो समयसम्म जवान देखिन र कपाल फुल्नबाट जोगाउँछ साथै आँखा तेजिलो बनाउछ ।

अमलामा पाइने एन्टिअक्सिडेन्टले कार्सिनोजेनिक सेल्सलाई बन्न रोक लगाउँछ जुन क्यान्सरबाट बचाउनका लागि फाइदाजनक मानिन्छ । अमलामा भिटामिन सीको मात्रा अत्यधिक हुने भएकाले तपाईंको शरीरलाई ऊर्जावान् राख्न सहयोग गर्दछ । यसले कमजोरी पनि टाढा राख्छ ।

सम्बन्धित समाचार

ताजा समाचार