Friday, April 26, 2024

Friday, April 26, 2024
INFONPLमनाेरन्जनलन्ठु भाग ४ युटुबको ट्रेनिङ १ मा, चिज गुरुङको टिमलाई मिल्यो दर्शकको यतिधेरै माया अनि सफलता

लन्ठु भाग ४ युटुबको ट्रेनिङ १ मा, चिज गुरुङको टिमलाई मिल्यो दर्शकको यतिधेरै माया अनि सफलता

Published:

ON:

INFONPL

लन्ठु भाग ४ युटुबको ट्रेनिङ १ मा, चिज गुरुङको टिमलाई मिल्यो दर्शकको यतिधेरै माया अनि सफलता, दोहोरीको इतिहासलाई अर्को रेकर्ड कायम गर्ने गरि लन्ठु भाग ४ युटुबको ट्रेनिङ १ मा प्रवेश भएको छ।

सारंगी संसारको प्रस्तुतिमा यो दोहोरीले एउटा रेकर्डनै कायम गरेको छ। लगातार ट्रेनिङमा परेको यो दोहोरी आम दर्शकले रमाईलोको लागि र केहि संदेशको लागि हेरेका छन। एक बुहारी छोरा र सासुको कथा जोडिएको यो दोहोरीमा नितान्त मौलिक भाषालाइ जोड दिईएको छ भने बोलीचालीका शब्दहरु अलिक बढी प्रवेश गरिएको छ।

सारंगी संसारले नियमित दोहोरी प्रशारण गर्दै आएको र यो दोहोरीको भाग भने सारंगी संसारको लागि झन् बिशेष भएको थियो। नया भाकामा चुनौती मोलेर यो दोहोरी निर्माण गर्दा पनि आम दर्शकको सबै भन्दा प्रिय भाग भएको भन्दै सारंगी संसारका संचालक कमल बि.कले खुसि व्यक्त गरे।

उनि खुसि हुदै भन्छन “धेरै अपेक्षा गरिएको थियो तर कति पटक डर पनि थियो यस अगाडी बसन्त थापाको मौलिक गीत सानिमायाको भाकालाई पुराना भागहरुमा समाबेस गरियो यो पटक भने आफ्नै तरिकाले गर्दा चुनौती थियो तर दर्शकले झन् उत्साहित बनाएर हेरिदिनु भयो हामी अझै खुसि भएका छौ।”

हेर्नुहोस भिडियो:-

यो पनि पढ्नुहोस्:- के कारणले आउँछ मानिसको शरीरमा मुसा, हटाउने कसरी ?

शरीरमा आउने मुसाका कारण मानिसहरु समस्यामा पर्ने गरेका छन् । कतिपयलाई त मुसाका कारण शरीरका अंगहरु छोप्न पर्ने अवस्थासमेत आउने गरेको छ ।

कहिलेकाहीँ मुसा सबैले सहजै देख्ने ठाउँ अनुहार, आँखीभौँ, आँखाको परेला, नाकको टुप्पो, हात, खुट्टामा आइदिन्छ । जसले मानिसलाई कुरूप पनि बनाउँछ ।

यद्यपि, चिकित्सा विज्ञानले यसलाई छालारोग भन्छ । जसलाई अंग्रेजीमा वार्टस भनिन्छ ।

कारण
शरीरमा मुसा आउनुको मुख्य कारण ह्युमन पेपिलोमा नामक भाइरस हो । यस्तो भाइरसले स–साना, खस्रो, कडा खालको दर्दरहित दानाजस्ता मुसा उत्पादन गर्छ ।

केही मुसा एक व्यक्तिबाट अर्को व्यक्तिमा पनि फैलने गर्छ । मुसा तोरीदेखि अंगुरको दानासम्मको आकारमा हुन्छ । यस्तो मुसा शरीरको एक ठाउँबाट अर्को ठाउँमा भने सर्दैन ।

सामान्यतया शरीरमा देखिने मुसा काला, खैरा, सेता, राता रङका हुन्छन् । कहिलेकाहीँ छालाको रङजस्तो पनि मुसा उम्रने गर्छ ।

लक्षण

मुसा छालाको सतहभन्दा थोरै माथि उठेको हुन्छ । यो गोलाकार, अन्डाकार, च्याप्टो आकारमा देखा पर्छ । र, यो चिल्लो र मुलायम पनि हुन्छ ।

कतिपय मुसा हल्लिने खालका पनि हुन्छन् । कतिपय मुसा छुँदा दुख्ने, रगत आउने गर्छ । कसैलाई ऐँजेरु पलाएजसरी पनि मुसा आउने गर्छ ।

यस्ता मुसा पानीले धुँदा वा नुहाउँदा ढाडिएर फुल्न थाल्छ । यस्ता प्रकृतिका मुसा विशेष गरी हात र खुट्टामा देखिन्छन् ।

अनि खतरा
शरीरमा आएका मुसाबाट रगत बग्न थालेमा यसलाई खतराको संकेतका रूपमा लिनुपर्छ ।

मुसा भएको ठाउँमा चिलाएमा पनि यसले विभिन्न समस्या निम्त्याउने गर्छ । त्यसैले यस्तो अवस्थामा हेलचेक्र्याइँ गर्नुहुँदैन ।

सल्लाह
केही व्यक्ति मुसालाई हटाउन डाम्ने वा काट्ने गर्छन् भने कसैले चुन र सोडाको मिश्रणको लेदो बनाएर लगाउने गर्दछन् ।

यसो कहिल्यै गर्नुहुँदैन । यसो गर्नाले भाइरस शरीरका अन्य भागमा पनि जाने खतरा हुन्छ । जसले गर्दा शरीरका विभिन्न भागमा अझ बढी मुसा पलाउँछ ।

उपचार
कतिपय प्रकृतिका मुसा ६ महिनादेखि एक वर्षसम्ममा आफैँ हराएर जान्छ । तर, यसलाई उपचार नै गर्नुपरेमा विभिन्न विधि अवलम्बन गर्नुपर्छ ।

भौतिक रूपले यसलाई नष्ट गर्न सकिन्छ । लेजर प्रविधिबाट मुसालाई हटाउने गरिन्छ । लक्षणका आधारमा होमियोप्याथिक औषधिका माध्यमले पनि यसको उपचार गरिन्छ ।

सम्बन्धित समाचार

ताजा समाचार