Monday, October 25, 2021

Monday, October 25, 2021
INFONPLसमाचारखुसिकाे खबर; नेपालमा काे-राेना संक्रमितकाे सङ्ख्या घट्दाे क्रममा (हेर्नुहाेस् विवरण सहित)

खुसिकाे खबर; नेपालमा काे-राेना संक्रमितकाे सङ्ख्या घट्दाे क्रममा (हेर्नुहाेस् विवरण सहित)

Published:

ON:

INFONPL

असाेज ४ गते । खुसिकाे खबर; नेपालमा काे-राेना संक्रमितकाे सङ्ख्या घट्दाे क्रममा (हेर्नुहाेस् विवरण सहित) । केही दिनयताको तथ्यांक हेर्दा को-रोना संक्रमितबाट मृ- त्यु हुनेको संख्या पनि घट्दाे क्रममा देखिएको छ ।

पछिल्लो २४ घण्टामा १,३३० जनामा को-रोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ६२६ पीसीआर परीक्षण गर्दा १ हजार ३६ जना र ३ हजार ९६६ एन्टिजेन परीक्षण गर्दा २ सय ९४ गरी १ हजार ३३० जनामा को-रोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार थपिएसँगै नेपालमा को-रोना संक्रमितको कुल संख्या ७ लाख ८६ हजार ५७७ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ५२४ जना रहेका छन् । जसमध्ये २० हजार १६४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ३६० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

को-रोनाका बिरामीमध्ये ३३५ जना आईसीयू र १०७ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै पछिल्लो २४ घण्टामा को-रोना संक्रमणबाट ५ जनाको मृ-त्यु भएको छ भने १ हजार ८३० जना निको भएका छन् । यो सँगै नेपालमा मृ-त्यु हुनेकाे संख्या ११ हजार ५३ पुगेको छ भने ७ लाख ५४ हजार जना संक्रमणमुक्त भएका छन् ।

यस्तै १० वर्ष मुनिका ४० बालबालिकामा को-रोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ७९ जना को-रोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा थप ४०२ को-रोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंका २६१ , ललितपुरका ९८ र भक्तपुरमा ४३ जनामा को-रोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

सम्बन्धित समाचार

ताजा समाचार