Saturday, April 20, 2024

Saturday, April 20, 2024
INFONPLस्वास्थकलेजोको क्यान्सर यस्ता पाँच गल्तीले हुनसक्छ, यस्ता लक्षण देखिय वेवास्ता नगर्नुहोस

कलेजोको क्यान्सर यस्ता पाँच गल्तीले हुनसक्छ, यस्ता लक्षण देखिय वेवास्ता नगर्नुहोस

Published:

ON:

INFONPL

काठमाडौँ । कलेजोको क्यान्सर यस्ता पाँच गल्तीले हुनसक्छ, यस्ता लक्षण देखिय वेवास्ता नगर्नुहोस, कलेजको क्यान्सर हुने जोखिम धेरैलाई हुन्छ। खासगरी अस्वस्थ्यकर जीवनशैली अपनाउनेमा यस्तो जोखिम बढी हुन्छ। यद्यपी कलेजोको क्यान्सरको कारण यो मात्र एक कारण होइन, हाम्रा कतिपय गल्तीले कलेजोमा क्यान्सर हुन सक्छ।

के हो कलेजो ?
कलेजो हाम्रो शरीरको सबैभन्दा ठूलो आन्तरिक अंग हो। कति बयस्कमा यसको लम्बाई १५ सेमी (लगभग ६ इन्च) हुन्छ। यो नै शरीरको सबैभन्दा गहु्रँगो अंग पनि हो, जसको तौल सावा किलोदेखि डेढ किलोसम्म हुन्छ। यो हाम्रो पेटको दाहिने भागमा हुन्छ।

के काम गर्छ ?
यसले शरीरमा ५ सयभन्दा बढी काम गर्छ। यसको मूख्य काम चाहि पाचन नलीबाट आउने रगतलाई शुद्धिकरण गरेर पुरै शरीरमा संचार गराउने हो। रगतलाई शक्तिमा बदल्ने काम पनि कलेजोले गर्छ।

हामी जे औषधी सेवन गर्छौ, त्यसलाई पनि यसैले शरीरमा संचार गराइदिन्छ। तर, यति महत्वपूर्ण कलेजोलाई कसरी रक्षा गर्ने भन्ने कुरामा हामी खासै ख्याल राख्दैनौ।

कलेजोमा क्यान्सर कसरी हुन्छ ?
१) धेरै मदिरा सेवन गर्दा लिभर सिरोसिस नामक रोग लाग्न सक्छ, जो क्यान्सरमा बदलिन्छ ।

२) हेपटाइटिस बि र सिको कारण कलेजो चाडै कमजोर हुन्छ र त्यसले क्यान्सर पनि निम्त्याउँछ ।

३) डाइललिसस गर्ने व्यक्तिको इन्फेक्सनको कारण कलेजोको क्यान्सर हुने संभावना बढी हुन्छ ।

४) मधुमेहको कारण नन अल्कोहलिक फ्याटी लिभर नामक रोग लाग्न सक्छ, जो क्यान्सरको कारण बन्न सक्छ ।

५) मोटोपनको कारण कलेजोमा बोसो जम्छ । यसले पनि क्यान्सरको जोखिम बढाउँछ ।

कसरी थाहा पाउने ?
* कलेजोको क्यान्सरको कारण शरीरमा पहेंलोपन बढ्छ ।

* नियमित रुपमा ज्वरो आइरहन्छ । महिनौंसम्म उपचारपछि पनि निको हुँदैन ।

* पेटको माथिल्लो दाहिने भागमा लगातार पीडा हुनु कलेजोको क्यान्सरको लक्षण हो ।

* भोक नलाग्नु, अचानक तौल घट्नु पनि कलेजोको क्यान्सरको लक्षण हुनसक्छ ।

* कलेजोको क्यान्सरको कारण पेटमा पानी जम्न थाल्छ ।

सम्बन्धित समाचार

ताजा समाचार