Monday, October 25, 2021

Monday, October 25, 2021
INFONPLअन्तराष्ट्रियदुखद खबार: फेरि बेलायतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुँदै

दुखद खबार: फेरि बेलायतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुँदै

Published:

ON:

INFONPL

दुखद खबार: फेरि बेलायतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुँदै ! बेलायतमा को-रोना भा’इरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्यामा फेरि वृद्धि भएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा बेलायतमा ३२ हजार १८१ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

बेलायतमा अहिलेसम्म कूल सङ्क्रमितहरूको सङ्ख्या ६७ लाख ८९ हजार ५८१ रहेको अधिकारीहरूले जानकारी दिएका छन् । को-रोना भा’इरसबाट सङ्क्रमित भएकामध्ये बेलायतमा पछिल्लो एक दिनमा कम्तीमा ५० जनाको मृत्यु भएको पाइएको छ । योसँगै बेलायतमा अहिलेसम्म को-रोनाका कारण एक लाख ३२ हजार ५३५ जनाको मृत्यु भएको छ । कूल सङ्क्रमितमध्ये अहिलेसम्म ५४ लाख ६६ हजार ३१६ जना सङ्क्रमणमुक्त भइसकेको जनाइएको छ ।

बेलायतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या ११ लाख ९० हजार ७३० रहेको अधिकारीहरूले जानकारी दिएका छन् । विज्ञहरूले १२ देखि १५ वर्षसम्मका बालबालिकाहरूलाई पनि को-रोना भा’इरसविरुद्धको खोप लगाउन सुझाव दिएका छन् । उनीहरूको सुझावअनुसार बेलायत सरकारले निर्देशन जारी गर्ने अपेक्षा गरिएको छ । त्यसैगरी बेलायतले आफ्नो देशमा रहेकाहरूलाई तेस्रो मात्रा खोप पनि लगाइदिने व्यवस्था गर्न लागेको छ ।

अर्को महिनादेखि त्यस्तो व्यवस्था हुनसक्ने अधिकारीहरूले जनाएका छन् । तर विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले भने विश्वभरी खोपको समान वितरणमा असर पर्ने भएकाले खोपको तेस्रो मात्रा लगाउने कुरामा निरुत्साहित गर्दै आएको छ । कतिपय धनी, विकसित र शक्तिशाली मुलुकहरूले को-रोना भा’इरसविरुद्ध तेस्रो मात्रा खोप पनि प्रयोग गर्दा सबैले खोप पाएको अवस्था आउन ढिलाइ हुने चिन्ता डब्लूएचओले गरेको छ ।

धनी र गरिब मुलुकहरूका बीचमा खाडल सृजना गर्ने र मानवीय दृष्टीले पनि यो राम्रो नहुने डब्लूएचओको भनाइ छ ।बेलायतमा अहिलेसम्म १६ वर्षभन्दा बढी उमेरका व्यक्तिमध्ये ८८ प्रतिशतले कम्तीमा एउटा खोप लगाइसकेका छन् भने ७८ प्रतिशतले दुवै खोप लगाएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार