Wednesday, September 22, 2021

Wednesday, September 22, 2021
INFONPLस्वास्थ्य र जीवनशैलीनि-षेधाज्ञा खुलेसँगै बढ्यो सङ्क्रमण, यस्ता छन् कारण, तेस्रो लहर आउन सक्छ; स्वास्थ्य मन्त्रालय!

नि-षेधाज्ञा खुलेसँगै बढ्यो सङ्क्रमण, यस्ता छन् कारण, तेस्रो लहर आउन सक्छ; स्वास्थ्य मन्त्रालय!

Published:

ON:

INFONPL

नि-षेधाज्ञा खुलेसँगै बढ्यो सङ्क्रमण, यस्ता छन् कारण, तेस्रो लहर आउन सक्छ; स्वास्थ्य मन्त्रालय! नि-षेधाज्ञा खुलेसँगै को’रो- ना भाइरस सङ्क्रमणको ग्रा-फ पनि उ-कालो लागको छ । पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा सङ्क्रमणदर उ-कालो लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।

सरकारले नि-षेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै लगेसँगै सङ्क्रमणको दर पनि बढ्दै गएको पाइएको हो । नि-षेधाज्ञा खुलेसँगै भी-डभा-ड तथा जनस्वास्थ्यमा मा-पदण्ड लागू नगर्ने जस्ता कारणले सङ्क्रमणको दर बढेको पाइएको हो । मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले साउन लागेपछि मानिसको आउ-जाउ बढेपछि सङ्क्रमणदर पनि बढिरहेको बताउनुभयो ।

नि-षेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यमा मा-पद-ण्ड लागू गर्न, भीड-भाड नगर्न र सामाजिक दूरी दुई मिटर कायम गर्न पटकपटक आग्रह गरे पनि मानिसले लत्याएका छन् । यसबाट सङ्क्रमण दर क्रमशः बढ्दै गएको पाइएको छ । “खु-कुलो भएसँगै सङ्क्रमण हुने दर बढिरहेको छ । विगत एक हप्तादेखि सङ्क्रमित हुने दर बढ्दो रहेको छ”, उहाँले भन्नुभयो, “सङ्क्रमणको रोकथाम र नियन्त्रण गरे पनि भी-ड=भाड गर्ने र जनस्वास्थ्यमा मापदण्ड लागू नगर्दा सङ्क्रमण जति घट्नुपर्ने हो त्यति घट्न सकिरहेको छैन ।”

सरकारले गत असार २२ गतेदेखि सबै प्रकारका व्यवसाय खुला र जोरबिजोर हटाउँदै सबै सवारी साधन सञ्चालन गर्ने गरी निषेधाज्ञालाई खुकुलो बनाएको हो । को- भिड–१९ को सङ्क्रमण बढेसँगै गत वैशाख १६ गतेदेखि उपत्यकामा नि-षेधाज्ञा लागू गरिएको थियो । तेस्रो ल-हर आउन सक्छ; स्वास्थ्य मन्त्रालय: सरकारले तेस्रो लहर आउनसक्ने चे-ता-वनी दिइसकेको छ । नेपालमा असोज वा कात्तिक महिनातिर तेस्रो लहर आउनसक्ने बताइएको छ ।

अस्पतालका निर्देशक डा। बाँस्तोलाले तेस्रो लहरका रूपमा डे-ल्टा प्ल-स भेरियन्ट नेपालमा देखिइसकेकाले जोखिम शुरु भइसकेको बताउनुभयो । उहाँले डेल्टा प्लस भेरियन्ट निकै सङ्क्रामक रहेकाले बच्नुपर्ने बताउनुभयो । मन्त्रालयका सहप्रवक्ता डा। अधिकारीले बिहीबार विज्ञप्ति जारी गर्दै सङ्क्रमणको बढ्दो अवस्थाले तेस्रो लहर आउन सक्ने बताउनुभयो ।

उहाँले तेस्रो लहर आउनसक्ने भएकाले सबै स्वास्थ्य सङ्घसंस्थालाई अक्सिजन, श्ययालगायतका पूर्वाधार तयारी अवस्थामा राख्न अनुरोध गर्नुभएको छ । उहाँले तेस्रो लहर आएर भयाभह स्थिति नआओस् भन्नका लागि सबै स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्न अनुरोध गरिएको बताउनुभयो ।

सबै अस्पताललाई अक्सिजन भर्न र श्यया तयारी अवस्थामा राख्न निर्देशन दिएका छौँ”, उहाँले भन्नुभयो, “तेस्रो लहरले बालबालिकालाई बढी प्रभाव पार्ने भएकाले बालबालिकाका लागि सघन उपचारकक्ष र भेन्टिलेटर तयारी अवस्थामा राख्न भनेको छौँ ।” उहाँले तेस्रो लहर बालबालिकाका लागि बढी जो-खिम रहेकाले सबै स्वास्थ्य संस्थालाई बालबालिकाका लागि २० प्रतिशत श्यया छुट्याउन निर्देशन दिइसकेको जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

ताजा समाचार