Wednesday, September 22, 2021

Wednesday, September 22, 2021
INFONPLसमाचारनेपालमा आज पनि ठुलो संख्यामा थपिए नयाँ को-रोना संक्रमित, यति धेरैको मृ-त्यु, कुन जिल्लामा कति संक्रमित थपिए ?

नेपालमा आज पनि ठुलो संख्यामा थपिए नयाँ को-रोना संक्रमित, यति धेरैको मृ-त्यु, कुन जिल्लामा कति संक्रमित थपिए ?

Published:

ON:

INFONPL

साउन ७ गते । नेपालमा आज पनि ठुलो संख्यामा थपिए नयाँ को-रोना संक्रमित, यति धेरैको मृ-त्यु, कुन जिल्लामा कति संक्रमित थपिए ? छिमेकी देश भारतमा को- रोनाले भयावह रुप लिँदै गर्दा नेपालमा पनि त्यसको असर नेपालमा देखिएको छ  ।

पछिल्लो २४ घण्टामा २,७१४ जनामा को-रोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,१२२ पीसीआर परीक्षणमा १८५५ जना र ३,७०७ एन्टिजेन परीक्षणमा ८५९ जना गरी २७१४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २४ जनाको मृ- त्यु भएको छ भने १२८८ जना संक्रमणमुक्त भएका छन् । बिहीबार थपिएकासँगै नेपालमा को- रोना संक्रमितको कुल संख्या ६ लाख ७४ हजार ७२६ पुगेको छ । तीमध्ये ९ हजार ९६६१ जनाको मृ- त्यु भएको छ भने ६ लाख ३७ हजार ६९० जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ३७५ जना रहेका छन् । जसमध्ये २४ हजार ६१६ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ७५९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । को- रोना का बिरामीमध्ये ६३५ जना आईसीयू र १७२ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

अहिले पुष्टि गरिएका सङ्क्रमितमध्ये ५३६ जना काठमाण्डूमा, २४५ जना मोरङ्गमा, १४९ जना सुनसरीमा फेला परेका हुन् । सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाण्डू उपत्यकाका धेरै देखिन्छ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

सम्बन्धित समाचार

ताजा समाचार