Wednesday, September 22, 2021

Wednesday, September 22, 2021
INFONPLसमाचारकस्ता ब्यक्ति ले लगाउन हुदैन भ्याक्सिन" भ्याक्सिन लगाएको केहीलाई प्यारालाइसिसको सम्भावना" आरु के के हुन्छ त ?

कस्ता ब्यक्ति ले लगाउन हुदैन भ्याक्सिन” भ्याक्सिन लगाएको केहीलाई प्यारालाइसिसको सम्भावना” आरु के के हुन्छ त ?

Published:

ON:

INFONPL

कस्ता ब्यक्ति ले लगाउन हुदैन भ्याक्सिन” भ्याक्सिन लगाएको केहीलाई प्यारालाइसिसको सम्भावना” आरु के के हुन्छ त ? Vaccine; लगाएको केहीलाई प्यारालाइसिसको सम्भावना। यस्तो हुन्छ पहिलो संकेत। जोन्सन एण्ड जोन्सन भ्याक्सिन सम्बन्धित दुर्लभ न्यूरोलोजिकल डिस्अर्डर गियान बार सिन्ड्रोमबारे अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीएले नयाँ चेतावनी जारी गरेको छ । भ्याक्सिन प्रदान गरिएका साढे १२ मिलियनमध्येबाट एकसयजनामा यस्तो सिन्ड्रोम देखिएपछि एफडीएको नयाँ चेतावनी आएको हो । एफडीएले ९५ जनाको केस गम्भीर प्रकारको रहेको बताएका छन् !

Vaccine लगाएको केहीलाई प्यारालाइसिसको सम्भावना। यस्तो हुन्छ पहिलो संकेत। जोन्सन एण्ड जोन्सन भ्याक्सिन सम्बन्धित दुर्लभ न्यूरोलोजिकल डिस्अर्डर गियान बार सिन्ड्रोमबारे अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीएले नयाँ चेतावनी जारी गरेको छ । भ्याक्सिन प्रदान गरिएका साढे १२ मिलियनमध्येबाट एकसयजनामा यस्तो सिन्ड्रोम देखिएपछि एफडीएको नयाँ चेतावनी आएको हो ।

एफडीएले ९५ जनाको केस गम्भीर प्रकारको रहेको र उनीहरु अस्पतालमा नै भर्ना हुनुपरेको जनाएको छ । एकजनाको भने मृत्यु भएको जनाइएको छ । यद्यपी भ्याक्सिन र गियान बार सिन्ड्रोमबारे प्रत्यक्ष सम्बन्ध स्थापीत गर्न तथ्यांक अप्रयाप्त रहेको भन्दै एफडीएले कोरोनाबिरुद्ध जोन्सन एण्ड जोन्सन भ्याक्सिन लगाउन सिफारिस गरेको छ ।

जोन्सन एण्ड जोन्सनले पनि यसबारे अमेरिकाको सघीय नियामक एफडीएसँग छलफल गरेको जनाएको छ । यस्तो सिन्ड्रोमको सम्भावना अत्यन्तै कम रहेको र रिपोर्ट गरिएका मामलाहरु पनि अत्यन्तै थोरै भएको कम्पनीले जनाएको छ । यद्यपी फाइजर र मोर्डेना भ्याक्सिनका सन्दर्भमा भने यस्तो मामला रिपोर्ट गरिएको छैन ।

जोन्सन एण्ड जोन्सनले पनि यसबारे अमेरिकाको सघीय नियामक एफडीएसँग छलफल गरेको जनाएको छ । यस्तो सिन्ड्रोमको सम्भावना अत्यन्तै कम रहेको र रिपोर्ट गरिएका मामलाहरु पनि अत्यन्तै थोरै भएको कम्पनीले जनाएको छ । यद्यपी फाइजर र मोर्डेना भ्याक्सिनका सन्दर्भमा भने यस्तो मामला रिपोर्ट गरिएको छैन ।

गियान बार सिन्ड्रोम यस्तो दुर्लभ प्रकारको डिस्अर्डर हो, जसले व्यक्तिको इम्युन प्रणालीले नर्भ सेलहरुमा क्षति गराउँछ । जसका कारण माशंपेशी कमजोर हुनुका साथै प्यारालाइसिस समेत हुनसक्छ । यस्तो सिन्ड्रोम भएका अधिकांश व्यक्ति पूर्णरुपमा निको हुनसक्छन् । तर केही व्यक्तिलाई भने निको हुन लामो समय लाग्नसक्ने जनाइएको छ ।

फ्लु सिजनमा समेत अमेरिकामा यस्ता केही केसहरु देखिने गरेका छन् । फ्लु भ्याक्सिन लगाउँदासमेत १० लाखमा एकदेखि दुईसम्म यस्ता केसहरु देखिने गरेका छन् । जोन्सन एण्ड जोन्सन भ्याक्सिनसँग सम्बन्धित पछिल्ला केसहरुमा भने धेरै उमेरका पुरुषहरु सबैभन्दा धेरै प्रभावित भएको देखिएको छ । धिकांश गियान बार सिन्ड्रोमका केसहरु भ्याक्सिन लगाएको दुई सातासम्मका रहेका छन् भने अधिकांश ५० बर्ष नाघेका पुरुषहरु रहेका छन् । यदि भ्याक्सिन लगाएपछि व्यक्तिमा झमझमाउने र कमजोरी अनुभव भएमा तत्काल स्वास्थ्य सहायता खोज्न एफडीएले सुझाव दिएको छ ।

खासगरी खुट्टा र पाखुरामा झमझमाउने भएमा त्यो शरीरका अन्य भागमा समेत फैलिनसक्ने जनाइएको छ । यो सिन्ड्रोमका अन्य लक्षणहरुमा हिडडुल गर्न कठिन हुने, अनुहारको चालमा समस्या हुने, दुईवटा दृश्य देखिने, आँखा चलाउन गाह्रो हुने, दिशापिसाव नियन्त्रण गर्न गाह्रो हुने लगायतका हुनसक्छन् ।

समुह बाहेक जोन्सन एण्ड जोन्सन भ्याक्सिन अशक्त र अपाङ्गता भएका व्यक्तिहरूलाई समेत प्रदान गरिने भएको छ । नेपालमा रहेका शरणार्थी, स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरूलाई समेत यो भ्याक्सिन दिइने भएको छ ।अमेरिकाले कोभ्याक्समार्फत प्रदान गरेको भ्याक्सिन काठमा। साभार:न्युज नेपाल

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ  अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

सम्बन्धित समाचार

ताजा समाचार