Wednesday, September 22, 2021

Wednesday, September 22, 2021
INFONPLसमाचारकाठमाडौं उपत्यका वासीन्दाका लागि आयो यस्तो दु:खद खबर (बिज्ञप्ति सहित)

काठमाडौं उपत्यका वासीन्दाका लागि आयो यस्तो दु:खद खबर (बिज्ञप्ति सहित)

Published:

ON:

INFONPL

काठमाडौं उपत्यका वासीन्दाका लागि आयो यस्तो दु:खद खबर (बिज्ञप्ति सहित) । सरकारले काठमाडौँमा भाइरस विरुद्धको ‘भेरोसेल’ खोप अभियान स्थगन गरेको छ । यही असार २९ गतेदेखि शुरु भएको अभियान खोप अभाव भएपछि स्थगन गरिएको हो ।

काठमाडौँ स्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले सूचना जारी गर्दै स्वास्थ्य कार्यालयमा रहेको खोप सकिएकाले स्थगन गरिने जानकारी दिनुभयो । खोप अभियान यही साउन दुई गतेसम्म सञ्चालन गर्ने भनिएको थियो । अभियानका लागि काठमाडौँ जिल्लामा ४४ खोप केन्द्रबाट खोप उपलब्ध गराउँदै आइरहेको थियो ।

भेरोसेल ५५ वर्ष र सो माथिका उमेर समूहका नागरिकलाई उपलब्ध गराइएको थियो । चीनबाट करीब आठ लाख खोप आएपछि अभियान सञ्चालन भएको थियो । यस्तै चीन सरकारले नेपाललाई थप १६ लाख मात्रा खोप अनुदानस्वरुप उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग हिजाे प्रधानमन्त्री निवासमा आज अपराह्न भएको शिष्टाचार भेटमा नेपालका लागि चीनका राजदूत हउ यान्छीले चीन सरकारको हालैको उक्त निर्णयबारे जानकारी दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयकोसमेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री देउवाले खोप सहायताका निम्ति चिनियाँ सरकारप्रति आभार प्रकट गर्दै को-भिड–१९ विरुद्धको प्रतिकार्य र पुनःआरोग्य प्राप्तिमा नेपाललाई थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

सम्बन्धित समाचार

ताजा समाचार