खुसिकाे खबर; चीनले नेपाललाई फेरि यति धेरै काे-राेना विरुद्धको खाेप अनुदानमा दिने निर्णय (पूरा पढ्नुस्) । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुग्नुभएकी चिनियाँ राजदूत होउ यान्छीले चीन सरकारले नेपाललाई थप खोप दिने निर्णय गरेको जानकारी गराउनुभएको हो ।
चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने भएको छ । यसअघि चीनले नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिइसकेको छ । नेपालले चीनसँग खरिद गरेको ४० लाख डोज खोपमध्ये आठ लाख डोज पनि आइसकेको छ ।
प्रधानमन्त्री देउवाले खोप सहयोगका लागि चीन सरकारलाई धन्यवाद व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवा र राजदूत यान्छीबीच भएको भेटमा को-रोना म-हा-मा-री विरुद्ध सहकार्य तथा दुई देशको सम्बन्धबारे पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।