दुई महिनाअघि आमा बनेकी रक्षाले सार्वजनिक गरिन् बच्चाको तस्विर ! काठमाडौँ – चर्चित कलाकार रक्षा श्रेष्ठ आमा बनेकी छिन्। बुधबार उनले सामाजिक सञ्जालमार्फत दुई महिना अगाडि आफु छोरीको आमा बनेको जानकारी गराएकी छिन् । उनले आफ्नो जन्मदिन परेको अवसर पारेर छोरीलाई सार्वजनिक गरेकी छिन्।
रक्षाले गएको २३ गते छोरीलाई जन्म दिएकी हुन् । आफु आमा बनेको जानकारी नदिएकी रक्षाले २ महिनापछि तस्बिरसहित छोरी सार्वजनिक गरेकी हुन् ।
उनले छोरीको नाम माहिरा गुरुङ राखेकी छिन् । उनले छोरी र आफ्नो तस्बिर शेयर गर्दै भनेकी छिन् मेरो छोरी दुई महिना पुगेकी छन् ।
भद्रगोल, सक्किगोनी, लगायतका चर्चित हाँस्यशृखलाबाट चर्चा कमाएकी रक्षाले बरिब एक सय म्युजिक भिडियोमा पनि काम गरेकी छिन् । तस्वीर हेर्नुहोस: