Thursday, March 28, 2024

Thursday, March 28, 2024
INFONPLस्वास्थ्य र जीवनशैलीघामले ड-डेकाे छाला देखि कपालकाे लागि बरदानकाे काम गर्छ तरकारी खाने भिण्डीले, यस्ताे छ प्रयाेग गर्ने तरिका !

घामले ड-डेकाे छाला देखि कपालकाे लागि बरदानकाे काम गर्छ तरकारी खाने भिण्डीले, यस्ताे छ प्रयाेग गर्ने तरिका !

Published:

ON:

INFONPL

घामले ड-डेकाे छाला देखि कपालकाे लागि बरदानकाे काम गर्छ तरकारी खाने भिण्डीले, यस्ताे छ प्रयाेग गर्ने तरिका ! तरकारीको रुपमा प्रयोग गरिने भिन्डीले छाला र कपालसम्बन्धि धेरै समस्याहरि बाट छुट्कारा दिलाउने गर्दछ ।

१) सुन्दर छालाको लागि:- एउटा भिन्डीलाई का-टेर सफा पानीमा आधि घण्टा भिजाएर राख्नुहोस् । यसलाई कपासको मद्धतले अनुहारमा लगाउनुहोस् र सुकाउनुहोस् । अनि सफा पानीले मुख धुनुहोस् । भिन्डीमा एन्टिब्याक्टेरियल , एन्टिफ्लामेटरी र रीहाइड्रेटिंग आदि पाईन्छ । जस्ले ड्राई स्किन र कुनैपनि स्किन ईन्फेक्शनको समस्या हटाउन मद्धत गर्छ । छाला चिलाउने समस्या हटाउन पनि यस्ले मद्धत गर्छ । भिन्डीमा भिटामिन ‘सी’ र ‘इ’ पनि पाईन्छ जस्ले छालाको दा-गहरु हटाउँछ र घामबाट कालो भएको छालालाई गोरो बनाउँछ ।

२) कपालको चांया हटाउन:- सबैभन्दा पहिला भिन्डीलाई सानो गरि का-ट्नुहोस् । त्यसपछि उमालेको पानीमा हाल्नुहोस् । चिसो भईसकेपछि पानीलाई छानेर आधा कागतीको रस मिसाउनुहोस् र श्याम्पू लगाईसकेपछि अन्तमा यस पानीले कपाल पखाल्नुहोस् । भिन्डीमा प्रोटिन पाईन्छ र यस्ले टाउकोमा ब्लड सर्कुलेशनलाई बढाउँछ जस्ले कपाल बढाउन, चांया हटाउन , कपाललाई टल्काउन मद्धत गर्छ ।

३) स्क्ल्याप मोइस्चराइजर:- ८ वटा भिन्डीलाई थोरै पानीमा उमाल्नुहोस् । हल्का गाढा च्यापच्याप गर्नै तरल पदार्थ बनिसकेपछि छानेर अलग राख्नुहोस् र त्यसमा बासनाको लागि आफूलाई मनपर्नै तेल मिसाउनुहोस् र नुहाइसकेपछि यस पानीले पखाल्नुहोस् । यसबाट तपाइँको कपाल नरम, शिल्क र टल्किने देखिनेछ । यदि २–४ दिन सम्म भण्डार गर्नुहुन्छ , भने डिस्टिल वाटरमा यसलाई बनाई फ्रिजमा राख्नुहोस् । यसको प्रयोग हरेक किसीमको कपाललाई सुहाउँछ । ड्राई , कर्ली कपालको लागि यस्ले धेरै राम्रो मोइस्चराइजरको रुपमा काम गर्छ । यसले डैंड्रफ र स्क्ल्यापको चिलाउने समस्याको पनि निराकरण गर्छ ।

४) हेयर कन्डिशनर:- माथि तयार गरिएको भिन्डीको पानीमा कागती नमिसाइकन नुहाईसकेपछि कपालमा लगाई मसाज गर्नुहोस् । २ मिनेट राखि सफा पानीले कपाल पखाल्नुहोस् ।

५) टल्किने कपाल:- राति दुई कप भिन्डीलाई का-टेर दुई कप पानीमा १५ मिनेट उमाल्नुहोस् । त्यस पानीलाई छानेर १० मिनेट सेलाउन दिनुहोस् र अर्कौ भांडामा राखी रातभरीको लागि छोड्नुहोस् । बिहान यस्लाई कंडिशनरको रुपमा प्रयोग गर्नुहोस् ।

सम्बन्धित समाचार

ताजा समाचार