Friday, April 19, 2024

Friday, April 19, 2024
INFONPLदेश`काे`राेनाकाे खाेप प्रमाणित हुनेबित्तिकै नेपालीहरुले पाउँने´, मन्त्री ढकालकाे विश्वास

`काे`राेनाकाे खाेप प्रमाणित हुनेबित्तिकै नेपालीहरुले पाउँने´, मन्त्री ढकालकाे विश्वास

Published:

ON:

INFONPL

`काे`राेनाकाे खाेप प्रमाणित हुनेबित्तिकै नेपालीहरुले पाउँने´, मन्त्री ढकालकाे विश्वास । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले को-भिड–१९ विरुद्धको खोप प्रमाणित भएर बजारमा आउने बित्तिकै नेपाली नागरिकले प्रयोग गर्न पाउने विश्वास दिलाएका छन् ।।

यही मङ्सिर ३ गतेदेखि आजसम्म मन्त्रालयले आयोजना गरेको ‘विश्व प्रतिजैविक सचेतना सप्ताह’ को स`मापन गर्दै ढकालले को-भिड–१९ विरुद्धको खोपको परीक्षण भइरहेको र उक्त सफल परीक्षण भई प्रमाणित हुने बित्तिकै नेपाली नागरिकले पाउने बताएका हुन् ।।

मन्त्री ढकालले को-भिड–१९ को रोकथाम र नियन्त्रण गर्न दृढ भएर लागेको उल्लेख गर्दै त्यसका लागि सबैको सहयोग आवश्यक भएको बताए । केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा को-भिड–१९ विरुद्धको खोप उपलब्धता सहज बनाउने लगायत व्यवस्था गर्नका लागि औषधि अध्यादेश, २०७७ जारी गरेकी थिइन् ।।

सप्ताह`का अवसरमा चित्रकला प्रतियोगिता पनि आयोजना गरिएको थियो । प्रतियोगितामा नेशनल स्कूल अफ साइन्सकी कक्षा ११ मा अध्ययनरत राज`की अर्याल प्रथम, होप इन्टरनेशनल कलेजमा स्नातक तह अध्ययनरत स्वस्तिका सापकोटा द्वितीय र ललितकला क्याम्पसकी स्नातक तहमा अध्ययनरत विनिता खड्काले तृतीय भएका थिए ।।

मन्त्री ढकालले वि`जय विद्यार्थीलाई न`गद र प्रमाण`पत्र प्रदान गरेका थिए । अठ्ठाइस सहभागीमध्येबाट २४ जनाको कला छनोट गरिएको थियो ।। रासस ।।

याे पनि, को`रोना भाइरस विरुद्धको खोप खरिद गर्न ७० अर्ब रुपैयाँ लाग्ने आकलन, के छ त तयारी ? सरकारले को`रोना भाइरस विरुद्धको भ्याक्सिन खरिद गर्न ७० अर्ब रुपैयाँ लाग्ने आकलन गरेको छ ।।

त्यसका लागि आर्थिक स्रोत जुटाउन छलफल समेत सुरु गरिएको छ । १२ वर्ष माथिका नागरिकका लागि ६० अर्ब भन्दा बढी बजेट लाग्ने अनुमान गरिएकाे छ ।। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएकाे छ ।।

‘८० प्रतिशत नागरिकलाई खोप लगाउन ६० देखि ७० अर्ब बजेट लाग्ने अनुमान छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले भने, ‘सबैभन्दा पहिला कुन खोप आउँछ ? त्यो खोप कति महँगो हुन्छ ? त्यसका आधारमा पनि बजेट भर पर्छ। ’

सम्बन्धित समाचार

ताजा समाचार