Saturday, April 20, 2024

Saturday, April 20, 2024
INFONPLअन्तराष्ट्रियहलिउड अभिनेता अनि चर्चित रेस्लर ‘द रक’ तथा उनको पूरै परिवारलाइ कोरोनाभाइरस संक्रमणमा

हलिउड अभिनेता अनि चर्चित रेस्लर ‘द रक’ तथा उनको पूरै परिवारलाइ कोरोनाभाइरस संक्रमणमा

Published:

ON:

INFONPL

हलिउड अभिनेता अनि चर्चित रेस्लर ‘द रक’ तथा उनको पूरै परिवारलाइ को’रोनाभाइरस सं’क्रमणमा, चर्चित रेस्लर तथा हलिउड अभिनेता ड्वेन जोन्सन र उनको पूरै परिवार को’रोनाभाइरस सं’क्रमित भएका छन् । ‘द रक’को नामले चिनिने जोन्सनले इस्टाग्राममा पोस्ट गर्दै यसबारे जानकारी दिएका हुन् ।

यी पूर्व रेस्लर अहिले विश्वकै सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेता हुन् । उनले आफूसहित श्रीमती, दुई छोरीहरु स्वास्थ्यको विषयमा निकै अनुशासित हुँदाहुँदै पनि संक्रमित भएको बताएका छन् ।४८ वर्षका जोन्सन, उनकी ३५ वर्षकी पत्नी लाउरेन र ४ र २ वर्षका छोरीहरु ज्यासमिन र टियाना करिब अढाइ हप्ताअघि सं’क्रमित भएका थिए ।

उनीहरु निकै जनिकका पारिवारिक मित्रबाट सं’क्रमित भएको उनले बताएका छन् ।त्यस्तै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का तीन खेलाडीलाई कोरोना सं’क्रमण भएको छ । पिएसजीले बुधबार सामाजिक सञ्चालमार्फत आफ्ना तीन खेलाडीलाई कोरोना सं’क्रमण भएको जनाएको थियो ।

तर नाम खुलाइएको थिएन। तर अन्तर्राष्ट्रिय मिडियाहरुले भने ब्राजिलियन स्टार खेलाडी नेमारसहित तीन खेलाडीलाई को’रोना पोजेटिभ देखिएको उल्लेख गरेका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था एएफसीले पिएसजीका तीन खेलाडीमा कोरोना सं’क्रमण पुष्टि भएको जनाएको छ ।

साथै स्रोतका अनुसार नेमारलाई को’रोना सं’क्रमण भएको एएफसीले उल्लेख गरेको छ । पिएसजीले तीन खेलाडीमा को’रोना सं’क्रमण पुष्टि भएर र उनीहरु आवश्यक प्रोटोकल स्वास्थ्य प्रोटकलअनुसार रहेको जनाउँदै अरु खेलाडी र कर्मचारीको पनि परीक्षण गरिने जनाएको छ ।

फ्रेन्च मिडियाले भने नेमारसँगै मिडिफिल्डरद्वय एन्जल डि मारियो र लियान्द्रो परेडेसलाई को’रोना सं’क्रमण भएको उल्लेख गरेको छ ।फ्रान्समा नयाँ सिजनको लिग वान फुटबल सुरु भइसकेको छ । जसमा पिएसजीले पहिलो खेल खेल्न बाँकी नै छ ।

सम्बन्धित समाचार

ताजा समाचार